arrow

चीनले बनायो पहिलो उभयचर ड्रोन ढुङ्गा 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २ सोमबार
china_drone.jpg

काठमाडौं । चीनले विश्वको पहिलो जमिन र पानी दुवैमा चल्नसक्ने ड्रोन डुङ्गा बनाएको छ । चीनले यो यो डुङ्गाको सफल परीक्षण पनि गरेको छ । 

चिनियाँ सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार यो डुङ्गा जमिनमा हुने कुनै पनि युद्धका लागि सहयोगी हुनेछ । साथै यसले अन्य हवाई ड्रोन र युद्धपोतको सहयोगमा युद्धमा त्रिकोण पनि बनाउन सक्छ । 

ग्लोबल टाइम्समा सोमबार प्रकाशित समाचारअनुसार यो डुङ्गाले परीक्षण सफलतापूर्वक पार गरेको हो । यो डुङ्गा ८ अप्रिलमा फ्याक्ट्रीबाट बाहिर निकालिएको थियो । यो डुङ्गाको क्षमता १२ सय किलोमिटर अभियान रेन्ज रहनेछ । यसलाई स्याटेलाइटको सहयोगमा रिमोट कन्ट्रोल गर्न सकिन्छ । 

पोतको रुपमा विकास गरिएको १२ मिटर लामो मरीन लिजर्ड तीन समानान्तर भाग भएको डुङ्गा हो । यो डुङ्गा डिजेल इन्जिनको सहयोगमा चल्छ । साथै यो राडारबाट बचेर अधिकतम ५० नटको गतिसम्ममा कुद्नसक्छ । 

समाचारमा उल्लेख गरिएअनुसार यो डुङ्गा जमिनमा पुग्न आँटेपछि आफूभित्र रहेको चार ट्र्याक इकाइलाई बाहिर निकाल्न सक्छ र २० किलामिटर प्रतिघण्टाको रफ्तारमा कुद्नसक्छ । चीन पछिल्लो समय नयाँ हतियारको क्षमता विकासको लागि काम गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ