arrow

नेपालमा पहिलो पटक अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुदै

बर्षेनी एक हजारको ब्रेन डेथ भएपनि अहिलेसम्म ३ जनाको अंगमात्रै प्रत्यारोपण सफल

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
sahid-dharma-bhakta.JPG

काठमाडौं। नेपालमा पहिलो पटक अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुदैछ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इण्डियन अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा आउने बैशाख ७ र ८ गते यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो।

'ब्रिडिङ दि ग्याप' भन्ने नाराका साथ विश्वका बिभिन्न राष्ट्रबाट अंग प्रत्यारोपणका क्षेत्रमा ख्याती प्राप्त विशेषज्ञ चिकित्सक तथा यो क्षेत्रमा विज्ञ प्रतिनिधिहरुको उपस्थिति रहने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ। 

बिकसित राष्ट्र र बिकासोन्मुख तथा अल्प बिकसित राष्ट्र बीच प्रत्यारोपण क्षेत्रमा देखिएको खाडल पुरा गर्न तथा देश भरीनै अंग दान र अंग प्रत्यारोपण कार्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्न यो सम्मेलनको महत्वपूर्ण भूमिका रहने केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए। 

यस कार्यक्रमले अंग प्रत्यारोपणको क्षेत्र थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा अमेरीका,लण्डन,अष्ट्रेलिया, जापान, सिंगापूर, श्रीलंका, भारत लगायतका राष्ट्रका प्रत्यारोपण बिशेषज्ञको सहभागिता रहने छ। यो कार्यक्रममा नेपालका ७७ वटै जिल्लाका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखहरु पनि सहभागी हुदैछन।

सम्मेलनमा नेपाल बाहिरका ३० जना बिशेषज्ञ सहित ३ सय भन्दाबढीको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमा प्रत्यारोपणका सन्र्दभमा बिभिन्न ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन। अन्तिम दिन ८ गते सम्मेलनमा भएका बिभिन्न छलफलको निचोडलाई एकत्रित गरी घोषणापत्र तयार गरी मन्त्रालयलाई बुझाउने केन्द्रका निर्देशक श्रेष्ठले जानकारी दिए। 

वर्तमान विश्वमा नसर्ने रोग प्रमुख मृत्यूको कारण भइ रहेको सन्र्दभमा नेपालमा करीब ६२ प्रतिशत मृत्यू नसर्ने रोग बाट हुने गरेको तथ्यांक छ।  जसमध्ये मुटु, क्यान्सर, चोटपटक, मृगौला, कलेजोकोरोग प्रमुख कारण हो। विभिन्न अंग फेल हुने र त्यसबाट बच्न बचाउन विभिन्न जनचेतनामूलक कार्यक्रमको महत्वपूर्ण भूमिका रहने गर्दछ।

बर्षेनी एक हजारको मस्तिष्क  मृत्यु : अहिलेसम्म ३ जनाबाट मात्र प्रत्यारोपणका लागि अंग प्राप्त

नेपालमा बर्षेनी एक हजारको मस्तिष्क  मृत्यु  हुन्छ। ब्रेनडेथ अर्थात मस्तिष्क मृत्यु भएका एकजनाबाट ८ जनाको ज्यान बच्छ।तर २ बर्षमा ३ जनाबाट ६ जनाको  मिगौला प्रत्यारोपण र एक जनाको कलेजो प्रत्यारोपण भएको छ। नेपालमा ब्रेन डेथ भएका मानिसको ८ वटा अंग वाट ८ जनाले जीवन पाउन सम्भव भएपनि यसबारे जनचेतनाको कमीले जम्मा ३ जना ब्रेन डेथ भएकाको अंग मात्रै प्रयोगमा आएको यो निकै दुख दायी रहेको केन्द्रका निर्देशक श्रेष्ठले बताए।

बर्षेनी ३ हजारको  मिर्गौला फेलः  साढे २ सयको मात्रै प्रत्यारोपण
दिर्घकालीन मिर्गौलाको रोगले संसारभरी करीब १० प्रतिशत जनसंख्या आक्रान्त बन्ने गरेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ। यो संसार भरि मृत्यु हुने प्रमुख २० वटा कारण मध्ये एक हो। नेपालमा  बर्षेनी ३ हजारको  मिर्गौला फेल हुने गरी पनि बर्षेनी साढे २ सयको मात्रै प्रत्यारोपण हुने गरेको छ। जुन मागको तुलनामा एकदमै कम करबि १० प्रतिशत मात्रै प्रत्यारोपण हुने गरेको छ।

विश्वभरीका मानिसहरुमा शरीर स्वस्थ राख्नको लागि मिर्गौला कति महत्वपूर्ण छ भन्ने बुझाउनको साथै मिर्गौला रोगको रोकथाम वा रोग लाग्ने गति कम गराउनु तथा अंग दान र अंग प्रत्यारोपण सम्बन्धि जनचेतना फैलाउनु जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ