arrow

बसबाट खसेर १० वर्षे बालकको मृत्यु     

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
accident-final.jpeg

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ ।     
     
मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । 

सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।     
     
मृतक बालक सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेकामा भण्टाबारीमा झर्ने क्रममा बसबाट खसेका हुन् । 

सो बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ