arrow

१९ हावाहुरी पीडित मृतकका परिवारलाई नगद सहयोग

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
habahuri-pidit.jpg

काठमाडौ । नेपाल विद्यार्थी संघका निबर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदीले हावाहुरीमा परि मृत्यु भएका बाराका १९ जनाका परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् । 

अमेरिकाको बाल्टिमोर बस्ने प्रवासी नेपाली बासु पौडेलको संयोजनमा संकलन भएको ९१० डलर नगद जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा सुवेदीले उनीहरुलाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् । 
 
बाराको प्रसोनी गाउँपालिका वडा न ६ को  फेटा, धरमपुर, सुवर्ण  र भलुहिहामा रकम हस्तान्तरण गर्न सुबेदीसंगै पुर्ब राज्यमन्त्री कलादेबि पासबान, नेवि संघ निबर्तमान सहमहामन्त्री राजेश रौनियार, नेपाल कमर्श क्याम्पस काठमाडौका नेविसंघ अध्यक्ष बिष्णु खड्का लगायतका नेताहरु स्थानिय समाजसेबीका साथमा मृतकका परिवार बसोबास गरिरहेका टेण्ट र टहरामा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ