arrow

गुल्मीका पत्रकारहरुद्वारा प्रशासनमा धर्ना

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
gulmi-patrakar.jpg

गुल्मी। विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीको गेटमा धर्ना दिएका छन् । सोही दफालाई आधार मानेर पटक पटक पत्रकारहरुलाई पक्राउ गर्न लागेपछि बिरोध स्वरुप आन्दोलनमा रहेको नेपाल पत्रकार माहासंघ गुल्मी शाखाका अध्यक्ष नबराज भुसालले बताए ।

नेपाल पत्रकार माहासंघ केन्द्रीय कार्यलयको आव्हान अनुसार बिहीबार दिउँसो १२ बजेदेखी १ बजेसम्म जिल्ला प्रशासन कार्यलय गुल्मीमा धर्ना दिई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत गृह मन्त्रालय र संचार तथा सुचना प्रबिधि मन्त्रालयलाई उक्त ऐनको दफा  ४७ र ४८ को खारेजी माग गर्दै  पत्रकार अर्जुन गिरी सहित पक्राउ गरिएका पत्रकारहरुलाई बिना शर्त रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जस्ताको तस्तै ज्ञापन पत्रलाई संबन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ