arrow

विराटको ब्रम्ह्लुट अन्त्य

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौं । सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न दिने पूर्व निर्णय खारेज गरेको छ। 
 
मन्त्रिपरिषदको बिहीवार बेलुका बसेको बैठकले नेपाल आयल निगमबाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न नपाउने निर्णय गर्दै यसअघिको निर्णय फिर्ता लिएको हो। 
 
सरकारको यो निर्णयसँगै विराट पेट्रोलियम लगायत पेट्रोलियम आयात गर्न यसअघि अनुमति पाएका ३५ कम्पनीको इजाजत खारेज भएको छ। सोही आधारमा विराटले नाकाबन्दीकालमा पेट्रोल आयात गरी चर्को मूल्यमा बेच्दै आएको थियो। 
 
सूचना तथा सञ्चामन्त्री शेरधन राईले भारतीय नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि सरकारले निजी क्षेत्रलाई आयात गर्न अनुमति दिने व्यवस्था हटाइएको जानकारी दिए। 
 
नागरिक दैनिकमा समाचार छ - यसअघि बिहीवाररै लेखा समितिले विराट पेट्रोलियमलाई इन्धन विक्री बन्द गर्न र निजी क्षेत्रका ३५ कम्पनीलाई दिइएको आपूर्ति इजाजत रद्द गर्न सरोकार निकायलाई निर्देशन दिएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ