arrow

कार्ल मार्क्सको प्रेम कहानी : परिवारलाई खबरै नगरी विवाहको लगनगाँठो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ वैशाख ७ शनिबार
karl-marks.jpg

काठमाडौं । कार्ल हेन् - रिक् मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार र राजनीतिक सिद्धान्तका प्रणेता हुन् । उनी एक समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी पनि थिए । ५ मे १८१८ मा जन्मिएका मार्क्सको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा 'अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो' भनेका छन् । 

जीवनको विभिन्न आरोह अवरोह भोगेका माक्र्सको जीवनीको अरु पाटो त बाहिर आएको छ । तर, मार्क्सको जीवनमा प्रेमले भरिएको संसारबारे भने खासै कुराकानी बाहिर आउने गरेको छैन । तर, उनको जीवनमा पनि एउटा रोचक प्रेम कहानी पाइन्छ । जुन सफल पनि भयो । उनको प्रेमले भरिएको जीवनकोबारेमा जान्नै पर्ने तथ्यहरु केही तल प्रस्तुत गरिएको छ । कार्ल माक्स १८ वर्षका थिए । यस्तो प्रतिभाशाली पुरुषको विचारमा यस्तो अवस्थामा अधिक परिपक्व हुनु स्वभाविक थियो । उनका स्वभावको परिचयलाई उनको आरम्भिक दिनका गतिविधिहरुले पनि स्पष्ट पार्दथ्यो । हाइनरिख मार्क्स वकील थिए र ट्रीकको सामन्त तथा प्रीबी कौंसिलर लुडविग फान बेस्ट फालेजबीच आपसमा घनिष्ट परिचय थियो । 

यही परिवार ती कूलीन सामन्तहरु या प्रशियाका प्रतापी नोकरशाहीहरुसँग सम्बन्ध राख्दैन थिए । लुडविग पहिले बुन्सविकको ड्यूक फर्डिनाडको असैनिक सेक्रेटरी भईसकेका थिए । ड्यूक पश्चिमी जर्मनीको नजिक पन्ध्र्रौं लुईके सातसाला युद्धमा लडेका थिए । जसमा फिलिपवेस्ट फालेन ड्यूकका चीफ अफ स्टाफ थिए । उनको सेवाबाट प्रसन्न भएर इङ्ल्याण्डका राजाले फिलिपलाई सम्मान गर्दै सेनाको एड्जुटेन्ट जनरल पदमा बढुवा गरिदिएका थिए । तर उनले त्यो स्वीकार गरेनन् । 

उनलाई यो थाहा थियो कि फ्रान्सको लडाईँमा इङ्ल्याण्ड र जर्मनी (त्यतिबेलाको संयुक्त जर्मनी) एक अर्काका साथी थिए । इङ्ल्याण्डको यही सम्बन्धको कारण फिलिपनले एक स्काच ब्यारेनकी पुत्रीसँग विवाह गरेका थिए । आफ्नो सेवाको लागि उनलाई सामन्ती उपाधि फानवेस्ट फालेन मिलेको थियो । फिलिपले पुत्रहरुमा एकको नाम लुडविग फानवेस्ट फालेन राखेका थिए । जो पिताको सफलताहरुको कारण अब साधारण कूलको नभएर एक सानोतिनो सामन्तको स्थितिमा थियो । 

यिनै लुडविगकी पुत्री थिईन् जैनी । जो साल्जवेडेलमा १२ फेब्रुअरी १८२४ मा अर्थात् कार्ल माक्र्सको भन्दा ४ वर्ष पहिले जन्मिएकी थिईन् । सो समय जैनीका पिता साल्जवेडलमा लाण्डराट (मेजिस्ट्रेट) थिए । दुई वर्ष पछि त्यहाँबाट ठाउँ सारी भएर उनी सरकारको परामर्शदाता भएका थिए । राईनल्याण्ड जर्मनीको दोस्रो भागसँग भिन्न थियो । त्यो सामन्त नभएर उद्योगपतिहरुको प्रदेश बन्दै थियो । त्यो जर्मनीको चिरप्रतिद्वन्द्वी फान्सको सीमापुर पर्दथ्यो । त्यसैले पनि यो क्षेत्रमा असाधारण योग्यता भएका व्यक्तिलाई नै त्यहाँको शासकको रुपमा पठाउने गरिएको थियो । प्रसियाका महामन्त्री हार्डेन बर्गको यसकारण लुडविग फानवेस्ट फालेनसँग विशेष नजर परेको थियो । 

लुडबिग साधारण सामन्तहरुभन्दा कति धेरै विलक्षण प्रतिभायुक्त थिए ? त्यो यसबाट पनि पुष्टि हुन्छ कि कार्ल मार्सले जीवको अन्तसम्म पनि आफ्नो ससुराप्रति सम्मान र कृतज्ञताको भाव देखाईरहेका थिए । लुडविग सुशिक्षित थिए । उनी होमरको कविताहरुको पृष्ठ पृष्ठ दोहोर्याएर पढ्ने गर्दथे । शेक्सपियरको धेरै नाटकहरु उनलाई कण्ठस्थ थियो । त्यो पनि अँग्रेजी र जर्मनी दुबैमा । 

लुडविगको घरमा विद्या र साहित्यको सुन्दर वातावरण थियो । उनीसँग पुस्तकहरुको राम्रो संग्रह थियो । कार्ल जस्ता प्रतिभाशाली तरुणको लागि जिज्ञासा पूरा गर्नको लागि ती पुस्तक सहितका स्रोत साधनहरुले सम्पन्न थियो । यस्तो अवस्थामा यदि बचपनदेखि नै कार्ल माक्र्सको लगाव वेस्टफालेन परिवारसँग भएको थियो । लुडविग पनि यस मेधावी बच्चासँग एकदमै माया गर्दथे । उनकी पुत्री जैनी र कार्ल बालापनदेखि नै साथ साथ खेल्ने गर्दथे । उनीहरुलाई नै थाहा नहुनेगरी विस्तारै विस्तारै प्रेम हुँदै गयो । जैनी पनि एक असाधारण सुन्दरी किशोरी थिईन् । तर, उनको स्वभाव भने अन्य सामन्त कुमारीहरुको भन्दा भिन्न थियो । उनलाई चाहनेहरु पनि धेरै थिए । 

उनी आफ्ना पिता र आफ्नो कूलको प्रभावबाट कुनै धनी र प्रभावशाली सामन्त र कुमारसँग विवाह गरेर विलास र सुखको जीवन पनि विताउन सक्दथिन् । तर, जैनीले यस्तो रोजिनन् । बरु उनले बाल्यकालको यस्तो साथीसँग विवाह गर्ने निर्णय लिईन् । जसको भविष्य खतराले भरिएको र अनिश्चित थियो । यसले पनि जैनी अरु भन्दा भिन्न थिइन् भन्न सकिन्छ । मार्क्सका पिता उनलाई देवकन्या जादूगर्नी जस्ता शब्द प्रयोग गर्दथे । साथै उनी माक्र्सको प्रेम सम्बन्ध यति धेरै पक्का सम्झिन्थे कि जस्ता सुकै ठूला राजा महाराजाले पनि उनीहरुको प्रेम सम्बन्धलाई टुटाउन सकिँदैन । जैनीलाई दिनको लागि माक्र्ससँग भौतिक बस्तुहरु त केही पनि थिएन । तर, उनलाई ती अद्भूत पुरुषसँगको बहुमूल्य प्रेम मिलेको थियो । 

माक्र्स जैनी बाल्यकालको प्रेम र उसको परिवारको पैतालिस वर्षको उमेरमा समेत अत्यन्त मधुर शब्दमा याद गर्दथे । बचपन बढ्दै जाँदा दुबैको स्नेह तरुणाईको प्रेममा बदलिएको थियो । यस्तो स्थितिमा दुबै तरुण हृदयको विछोड असह्य हुन्थ्यो । तर, उनीहरुलाई पढाई पनि पूरा गर्नु थियो । माक्र्स पढ्नको लागि जव बोन गएका थिए सोही समय आफ्ना मातापिताको अनुमति विना नै उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । वकील हाईनरिल माक्र्सद्वारा हाईनरिल माक्र्सद्वारा लुडबिग फानवेस्ट फालेनको दर्जा कूल र मर्यादा धेरै माथि थियो । तरपनि उनले सो विवाहलाई प्रसन्नताका साथ स्वीकृति दिएका थिए । तर, यसको अर्थ त्यो थिएन कि दुबैको विवाह तत्कालै होस् । यसरी परिवारले तत्कालै विवाह गर्न स्वीकृति नदिँदा नदिँदै पनि उनीहरुले विवाह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ