arrow

यस्तो छ चीनको मंगल ग्रहको मोडल, वार्षिक २० लाख पर्यटक आउने अनुमान 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ७ शनिबार
mangal.png

काठमाडौं । चीनको जिन्चाङ शहरभन्दा ४० किलोमिटरको दूरीमा रहेको गोबीश रेगिस्तानमा चीनले नक्कली मंगल ग्रह बनाएको छ । यो मोडललाई सिमुलेटर नाम दिइएको छ । सर्वसाधारणका लागि गत बुधवार यसलाई खुला गरिएको थियो । 

पहिलो दिन यहाँ १ सय विद्यार्थीले यहाँको अवलोकन गरेका थिए । पहिलो दिन ५ घण्टाका लागि खोलिएको थियो । मंगल ग्रहको अनुभव पृथ्वीमा दिलाउनका लागि यस किसिमको योजना ल्याइएको हो । साथै उनीहरुले मंगल ग्रहको विषयमा केही जानकारी पनि हासिल गर्न सक्छन् । यहाँको जीवन कस्तो हुन्छ भन्ने कुरा पनि यहाँबाट जानकारी पाउन सकिन्छ । 

यहाँ वार्षिक २० लाख पर्यटकले भ्रमण गर्ने अनुमान गरिएको छ । यसका लागि करीब ४० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरिएको छ । चीनले सन् २०१६ मा आफ्नो २०२० को मार्स मिशन– ‘मंगल गाउँ’को घोषणा गरेको थियो । 

मंगल गाउँ सन् २०२२ को लागि ल्याइएको मंगल मिशनको एक हिस्सा हो । यो स्थानलाई मंगल ग्रहको लागि यसकारण पनि छनोट गरिएको हो कि यहाँ मंगल ग्रहको जस्तो पर्यावरणीय स्थिति मंगलको जस्तै छ । यहाँको सतह मंगल ग्रहको जस्तै छ । यो समग्र योजना ६७ हजार वर्ग किमीमा फैलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ