arrow

यो मुलुकको मुद्रालाई खुट्टामा राखे हुनसक्छ १५ वर्षको जेल

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
thailand3.jpg

काठमाडौं । विश्वका धेरै अनौठा मुलुक मुलुक छन्, जसको आफ्नै किसिमको नियम तथा कानुन हुने गरेको छ । कुनै मुलुकमा निकै सामान्य मानिने केही मुलुक कुनैका लागि भने ठूलो अपराध बन्नसक्छ ।
 
विश्वमा यस्तै एक मुलुक छ, जहाँको मुद्रालाई खुट्टामा राखे १५ वर्षको जेल सजाय हुन सक्छ । यो मुलुकमा शाही परिवारको कुनै पनि किसिमको अपमान गम्भीर अपमान मानिन्छ । यो मुलुकको नाम हो–इन्डोनेसिया ।

 यदि यहाँ  राजा, रानी वा उनीहरुका उत्तराधिकारीको प्रतिष्ठामा ठेस पुर्‍याउने वा अपमान गर्ने तथा खतरा पुर्‍याउने काम गरेको पाइए उसलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ । यो नियम विदेशी पर्यटकका लागि पनि लागू हुन्छ ।

यहाँ चुइगम खाएर बाहिर थुक्नुलाई पनि अपराध मान्न्छि । यसका लागि ४ सय पाउण्ड जरिवाना लाग्ने गरेको छ । यदि जरिवाना भुक्तान नगरे उसलाई जेल सजाय हुनसक्छ ।

यो मुलुकमा मानिसको टाउकोमा अर्कोले हात राख्नुलाई पनि राम्रो मानिँदैन । यहाँ ९५ प्रतिशत मानिस बौद्ध धर्म मान्छन् तर यहाँ भगवान् राम र विष्णुको पनि पूजा हुन्छ ।

यहाँको शाही परिवारलाई रामको पुत्र कुशको वंश मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ