arrow

गाउँलेद्वारा मुसहर महिलामाथि कपाल मुण्डन गरि कुटपिट

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ८ आइतबार
kutpit_(1)1.jpg

जनकपुरधाम । जनकपुरमा एक महिलामाथि दुर्व्यवहार भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहना बस्ने ३५ वर्षिया मुसहर परिवारकी महिलालाई गाउँलेहरु मिलेर कपाल मुण्डन गरि कुटपिट गरेका छन् । शनिबार राति भएको सो घटना आइतबार सार्वजनिक भएका छन ।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ८ जनालाई पक्राउ गरेको हो  । पक्राउ पर्नेमा सोही ठाउ बस्ने  ४० वर्षीय रामदुलार सादा, २८ वर्षिय रामविनय सादा, ३७ वर्षिय हरिराम सादा, ३५ वर्षिया लुचवा सादा, ४१ वर्षिय शिवचरण सादा, ३५ वर्षिय राजवीर सादा, ३६ वर्षिय  रन्जित सादा र १९ वर्षिय सन्तोष सादा रहेका हुन  । जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएका छन ।  प्रहरी स्रोत का अनुसार घटनाबारे जानकारी हुन साथ पीडित महिलालाई उद्धार गरिएको  बताए ।

 ऐता  दोसी माथि कडा भन्दा कडा कारबाही को माग गरेको नेपाली कांग्रेस जनकपुरधाम  उपमहानगरपालिका को नगर अध्यक्ष मनोज कुमार साहले माग गरेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ