arrow

कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठकमा के हुँदै छ ?

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा महाधिवेशन सम्पन्न भएको धन्यवाद प्रस्ताव पारित, भ्रातृसंगठनको निर्वाचनबारे छलफल र संसदीय दलको निर्वाचनबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।
 
मूख्य गरेर धन्यवाद प्रस्ताव र भ्रातृसंगठनको निर्वाचनको विषयमा छलफल भएपनि संसदीय दलको निर्वाचनबारे छलफलको सम्भावना मात्रै रहेको नेताहरुले बताएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालो पहिलो प्राथमिकता संगठन सुदृढीकरण नै रहेको भन्दै ६ महिना भित्र सबै भ्रातृ तथा पेशागत संगठनको निर्वाचन गरिसक्ने उद्घोष गरिसकेका छन् । भ्रातृसंगठनको निर्वाचन र संसदीय दलको निर्वाचनपछी मात्रै पार्टीका अन्य पदाधिकारी चयनको विषयमा छलफल हुने र त्यो आगामी बैठकमा मात्रै कुरा हुने सभापति देउवा निकट नेताहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ