arrow

कोलम्बो विष्फोटबाट यसरी बाँचेकी यी नायिका यसो भन्छिन् 

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
raadhika-sarathkumar.jpeg

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा भएको आतंकवादी हमलामा परी दुई सय भन्दा बढीको मृत्यु र पाँच सय भन्दा बढी घाइते भएको अवस्थामा एक भारतीय चलचित्र नायिका भने सकुसल रहेकी छिन् । 

तमिल फिल्मकी महसुर नायिका राधिका सरथकुमारले आफू विष्फोटबाट बाँच्न सफल भएको बताएकी हुन् । 

उनी विष्फोट हुनुभन्दा केही मिनेट पहिले मात्र विष्फोट भएको होटलबाट निस्केकी थिइन् । उनी विमानबाट भारतको चेन्नाई आउँदै थिइन् । 

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू यो हमलाले आफू स्तब्ध भएको बताएकी छिन् । 

उनले लेखेकी छिन् – हे भगवान, श्रीलंकामा विष्फोट भयो, भगवान सबैको साथमा रहुन्, म भर्खरै सिन्नामोन्ग्राण्ड होटलबाट बाहिर निस्किएकी थिएँ, विष्फोट भएको सूचना पाएँ । यो दुःखद घटनाप्रति विश्वास लागेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ