arrow

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे समितिमा जानकारी

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
PM-Oli-China-visit-sarbadaleya-baithak.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले  कुनै राष्ट्र् विरुध्द अर्को राष्ट्र्रलाई कार्डको रुपमा प्रयोग गर्न नचाहने बताएका छन् । प्रधानमन्त्री ओलीले आज व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको वैठकलाई फागुन ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताए । प्रधानमन्त्री ओलीले मागेर विकास हुने होइन भन्दै हाम्रा उत्पादनहरु निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पारे ।
 
ओलीले चीन भ्रमणक्रममा चीनका राष्ट्रप्रति, प्रधानमन्त्री तथा चिनियाँ जनकाग्रेसका प्रमूख, चीनको व्यापारिक समुदायलगायतसंग भेटबार्ता हुने पनि जानकारी दिए ।प्रधानमन्त्री ओलीले  आफूले बोआओ सम्मेलनमा भाग लिने जानकारी गराउदै आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधी भएको तथा आफूबाट देशलाई हानी हुनेकुरामा कुनै सम्झौता नहुने बताए । प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्र्यि सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताए । 
 
ओलीले भ्रमणक्रममा रसुवागढी नाकाको विकास गर्ने, तातोपानी नाका सुचारु गर्ने, किमाथांका नाकासम्म सडक दुई लेनको र सवै मौसममा चालु गर्न सकिनेगरी विकास गरिने, सीमापार प्रसारण लाइन विस्तार गर्ने, रसुवागढी—काठमाडौ तथा काठमाडौबाट पोखरा तथा लुम्विनीसम्म पनि रेलमार्ग निर्माण, माथिल्लो अरुण ४३४ मेवा निर्माण, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चक्रपथको दोश्रो चरणको काम, मोनोपोल निर्माण आदि कुरालाई उठाइने र केहीमा सम्झौता हुनका साथै केहीमा अध्ययनका लागि समझदारी हुनसक्ने सुनाए । प्रधानमन्त्री ओलीले नेपाल—चीनबीच पारबहन तथा व्यापारको स्वरुपबारे अध्ययन गरेर सम्झौतामा पुग्नेगरी समझदारी हुने पनि सो अवसरमा जानकारी दिए ।
 
समितिका सभापति प्रभू शाहको सभापतित्वमा भएको बैठकमा सांसदहरुले भ्रमणमा इन्धन आयात सम्बन्धी सम्झौता महत्वपूर्ण हुने र सो छुट्नु नहुने, लिपुलेकबारे गृहकार्य गरेर कुरा उठाउनुपर्ने, कर्णाली आयोजनाबारे पनि कुरा उठाउनुपर्ने, तेल उत्खननको सम्भाव्यता अध्ययनआदि छुट्नु नहुने कुरा राख्दै सुझाव दिन ढिलो हुने भएपनि भ्रमणबारे जानकारी दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । सुझाव दिने सांसदहरुमा श्याम श्रेष्ठ, राजन भटृराई, जीतेन्द्र देवलगायत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ