arrow

यस्ता तानाशाह जसले विवाहको भोलिपल्ट गरेका थिए आत्महत्या

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
hitler-with-wife1.jpg

काठमाडौं । संसारमा धेरै किसिमका सन्की शासक देखिएको छ । त्यसमा पनि हिटलरको नाम सुन्दा अहिले पनि मानिसको रौं ठाडा हुन्छन् । हिटलरको जीन्दगीको विषयमा जोडिएका धेरै रोचक कहानी छन् ।

कुनै कहानीमा उनी नायकजस्तो देखिन्छन् भने कुनै कहानीमा खलनायक । उनी २० औं शताब्दीका सबैभन्दा क्रूर तानाशाह थिए । पहिलो विश्वयुद्धपछि १९३३ मा उनले जर्मनीको सरकारमा आधिपत्य जमाएका थिए ।

हिटलरको जन्म अष्ट्रियामा सन् १८८९ अप्रिल २० मा भएको थियो । १७ वर्षको उमेरमा बाबुको निधन भएपछि उनी भियना गएका थिए । पैसाको अभावको कारण उनी पोस्टकार्डमा चित्र बनाएर काम चलाउने गर्थे । त्यतिबेला नै उसको मनमा साम्यवादी विचार र यहूदीप्रतिको घृणाले जन्म लिएको थियो ।

हिटलरले आफ्नो साम्राज्य विस्तारी गरी जर्मनीका नागरिकलाई सुखमा राख्न चाहन्थे । विस्तारै उनले पार्टी स्थापना गरे र त्यसको चिन्ह र सैनिक पनि तयार पारे ।

उनले सन् १९२३ मा प्रकाशित गरेको आत्मकथामा आर्य जाति सबैभन्दा श्रेष्ठ रहेको उल्लेख गरेका छन् । उनीले यहूदीको कारण संस्कृतिमा समस्या आउने गरेको बताएका छन् । उनले रुस र फ्रान्ससँग लडेर उनीहरुलाई जीवित रहनका लागि भूमिमा अधिकार जमाउनु आवश्यक रहेको बताएका थिए ।

सन् १९३३ मा हिटलर जर्मनीको चान्सलर बनेका थिए । त्यसपछि उनले एक नस्लवादी सामाज्यको स्थापना गरेका थिए । उनी यहूदीलाई निकै घृणा गर्थे । यहूदीप्रतिको घृणाले नरसंहारको रुप लियो । यसमा ६० लाख यहूदीको हत्या गरिएको थियो । यसमा १५ लाख बालबालिका थिए ।

हिटलरलाई मृत्युको ठूलो डर थियो । उनी खाना पनि सेवकलाई चाख्न दिएर मात्र खाने गर्थे । उनलाई आफूलाई इंगल्याण्डले मार्न खोजेको अभाष हुने गरेको थियो । हिटलरले आत्महत्या गर्नुभन्दा केही घण्टाअघि मात्र प्रेमिका ईवा ब्राउनसँग विवाह गरेका थिए ।

उनले ३० अप्रिलमा आफैंले गोली हानेर आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धमा जर्मनीको हारबाट उनी निकै दुःखी थिए । त्यसैले उनले आत्महत्या गरेका थिए । तुरुन्तै उनकी श्रीमती ईवाले पनि विष पिएर आत्महत्या गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ