arrow

विश्वभर दुई करोडभन्दा बढीको एउटै पासवर्ड 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ९ सोमबार
cyber-crime.jpeg

काठमाडौं । धेरैजसो मानिसहरु सजिलो पासवर्डको प्रयोग गर्छन् । तर, यस किसिमको सजिलो पासवर्डले साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ । पछिल्लो समय एक अनुसन्धानको दाबीअनुसार विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्छन् । त्यो हो –१२३४५६ । 

धेरै सचेत बनाउने प्रायासका बीच मानिसहरु सजिलो पासवर्ड राखेर साइबर आक्रमणको शिकार हुने गरेका हुन् । बेलायती साइबर सुरक्षा संस्था एनसीएससीले गरेको अध्ययनमा २ करोड ३० लाख मानिसले पासवर्डमा १२३४५६ को प्रयोग गर्ने गरेको पाइएको हो । 

एनसीएससीका प्राविधिक निर्देशक इयान लेवीले निकै सजिलो पासवर्ड राख्नु भनेको आफैं असुरक्षित गराउनु रहेको बताए । 

मानिसहरुले १२३४५६ पछि सबैभन्दा धेरै १२३४५६७८९ पासवर्डको प्रयोग गर्ने गरेको पाइएको थियो । साथै १११११११ पासवर्डको प्रयोग पनि उल्लेख्य मात्रामा भएको पाइएको थियो । यी पासवर्डहरु निकै  सजिलै ह्याक हुनसक्छन् । 

त्यसैगरी मानिसहरुले स्थानीय फुटबल क्लबको नाम पनि आफ्नो पासवर्डमा राख्ने गरेका छन् । यसमा लीभरपुल सबैभन्दा अगाडि छ । दोस्रो स्थानमा चेल्सीको नाम छ । 

साइबर सतर्कताको विषयमा गरिएको अध्ययनमा ४२ प्रतिशत मानिसलाई आफ्नो पैसा चोरी हुने डर थियो भने १५ प्रतिशत मानिसलाई आफ्नो सुरक्षाको अवस्था सही छ भन्ने लागेको पाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ