arrow

ओप्पोको एफ ११ प्रो नेपालमा पनि, मोल फिचरअनुसार

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
oppo.jpg

काठमाडौं। ओप्पोको एफ ११ प्रो मोबाइल सार्वजनिक भएको छ । स्मार्टफोन ब्राण्ड ओप्पोले एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा ओप्पो एफ ११ प्रो सार्वजनिक गरेको हो। सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी तामझामका साथ मोबाइल सार्वजनिक गरिएको हो। यो नयाँ भर्सनले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्ने क्षमता राख्दछ । एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राइजिङ क्यामेरा, पानोरामिक स्क्रिनको व्यवस्था छ । एफ ११ प्रो थन्डर ब्ल्याक र अउरोरा ग्रीन गरी दुई चहकिला रङमा उपलब्ध रहेको छ।

कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशन पनि सार्वजनिक गरेको छ। एफ११ प्रोको मूल्य रू ४७ हजार ९९०, एफ ११ को रू ३७ हजार ९९० र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशनको मूल्य रू ४९ हजार ९९० निर्धारण गरिएको छ। यी सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर अवधि तोकिएको छ । सार्वजनिक सबै फोनहरू अप्रिल २९ देखि बजारमा उपलब्ध हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ