arrow

हबल टेलिस्कोपको २९ वर्ष पूरा

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
hubble-telescope.jpg

एजेन्सी। नासाका खगोलविद्हरु स्टिभेन स्मिथ र जोन ग्रुन्सफेल्डले सन् १९९९ मा अन्तरिक्षको यात्रा गरेका थिए। हबल स्पेस टेलिस्कोपबाट अन्तरिक्षबारे केही नयाँ कुरा पत्ता लगाउन त्यसलाई सेवामा जोड्ने योजनाअनुसार उनीहरुले अन्तरिक्षको यात्रा गरेका थिए। 

हबल सन् १९९० अप्रिल २४ मा पृथ्वीको कक्षका लागि उडेको थियो। अहिले यो टेलिस्कोप पृथ्वीको सतहभन्दा ३ सय ४० माइल टाढा छ। यसले एक दिनमा पृथ्वीलाई १५ पटक परिक्रमा गर्ने गरेको छ। अर्थात् यसले प्रत्येक ९५ मिनेटमा एकपटक पृथ्वीको परिक्रमा गर्छ। 

यो स्याटेलाइट प्रतिसेकेण्ड पाँच माइलको दरले घुम्छ यो गतिमा यात्रा गर्दा करिब १० मिनेटमा पूरै अमेरिकाको भ्रमण गर्न सकिन्छ। यहाँ उक्त टेलिस्कोपको सहयोगमा लिइएको केही तस्वीरको वर्णन गरिएको छ । यो टेलिस्कोपले ब्रह्माण्डको विषयमा मानिसहरुको धारणा नै परिवर्तन गरिदिएको छ।

१. साउथर्न क्र्याब नेबुला 
हबल सार्वजनिक गरिएको २९ वर्ष पूरा भएको अवसरमा खगोलशास्त्रीहरुले यो तस्वीर खिचेका थिए। यो ग्यास र धुलोले बनेको बादलको तस्वीर हो। यो पुथ्वीको दक्षिणी गोलार्धमा देखिएको हो। 

२. पिलर्स अफ क्रिएशन 
हबल स्पेस टेक्नोलोजीले धेरै किसिमका तस्वीर लिएको छ । तर, त्यसमध्ये पनि पिलर्स अफ क्रिएशनको तस्वीर निकै महत्वपूर्ण रहेको बताइएको छ। कोल्ड ग्यासलाई बाफमा परिणत गर्दा अल्ट्राभ्वाइलेट प्रकाशको सहयोगमा यो दृश्य देखिएको हो। 

३. स्टेफन्स क्युन्टेट 
यो पाँच आकाशगंगाको तस्वीर हो । यसलाई स्टेफन्स क्युन्टेट भनिन्छ । यसमध्ये तीनओटा आकाशगंगा नियमित स्वरुप केही भत्काइएको जस्तो देखिन्छन्।

४. बबल नेबुला
अन्तरिक्षमा एक निकै ततो तारासहित देखिएको ठूलो बबल (फोका)को तस्वीर हो । यो बबलको पूरा लम्बाइ ७ प्रकाशवर्षको छ । यो पृथ्वीभन्दा ७ हजार १ सय प्रकाशवर्ष टाढा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ