arrow

गोप्य प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन, रोबोटले गर्छ प्रतिघण्टा २ सय मोबाइल डिसेम्बल

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
apple-lab.jpg

काठमाडौं । पछिल्लो समय प्रविधिको क्षेत्रमा बढिरको विभिन्न किसिमको आविष्कारहरुको कारण विभिन्न किसिमका डिभाइसहरु आउने क्रम पनि उच्च रहेको छ । जसको कारण विश्वकर विद्युतीय फोहोर अत्यधिक मात्रामा बढेको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार सन् २०१६ मा विश्वभर ४ करोड ४७ लाख मेट्रिक टन विद्युतीय फोहोर जम्मा भएको थियो । यसबाट २१ लाख स्ट्याचु अफ लिबर्टी बनाउन सकिन्छ ।

यसमा केवल २० प्रतिशत अर्थात् ८९ लाख मेट्रिक टन विद्युतीय फोहोरलाई मात्र पुनः प्रयोग गरिएको थियो । अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि विद्युचतीय फोहोर कम गर्न महत्वपूर्ण कदम उठाएको छ । कम्पनीले हालसालै आफ्नो एक गोप्य प्रयोगशालाको विषयमा जानकारी दिएको छ ।

यो ल्याबमा दैनिकरुपमा सयौं आईफोन डिसेम्बर र पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि रोबोड डेजीले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । यसले एक घण्टामा २ सय आईफोनलाई डिसेम्बर गरेर त्यसको उपयोगी सामग्रीलाई छुट्याउन सक्छ ।

 तर, यो कम्पनीको पहिलो रोबोट भने होइन । सन् २०१६ मा एप्पलले पुनप्रयोग गर्न सक्ने किसिमको रोबोट लियाम बनाएको थियो । डेजी भने ल्या भन्दा पनि धेरै एडभान्स छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ