arrow

प्रशासनले भन्यो, ‘ल्हारक्याललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गरौं’

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
lama-lyarcal.jpg.jpeg
काठमाडौं । आइतबार पक्राउ परेका निलम्बित सांसद ल्हारक्याल लामालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । 
 
प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिए । यसअघि, फागुन ३० गते जिप्रकाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 
 
अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा आइतबार चाइनिज पेस्तोलको १४ थान गोली बरामद भएको थियो । पक्राउपछि सांसदबाट निलम्बित लामालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबाको हिरासत कक्षमा राखेर अनुसन्धान गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ