arrow

बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु    

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
accident-final.jpeg

डडेल्धुरा । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।     
दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।  
   
 घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् ।

दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ