arrow

काँग्रेसले नै संविधान कार्यान्वयनको नेतृत्व गर्छ – रामचन्द्र पौडेल

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
ramchandra.jpg.jpeg
दमौली । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गरी संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने बताएका छन् । 
 
तनहुँको क्यामिन गाविसस्थित मेवाबारी विद्युतीय लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै नेपा पौडेलले तराई, मधेस र जनजातिको मागलाई सम्बोधन गरी काँग्रेस संविधान कार्यान्वयनमा अगाडि बढ्ने उल्लेख गरे ।  
 
कार्यक्रममा स्थानीय विकास अधिकारी उदयबहादुर राना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेल लगायतले खानेपानी आयोजना सम्पन्न भएपछि गाउँलेले स्वच्छ र गुणस्तरीय पानी खान पाउने बताए । आयोजना ४० लाखको लागतमा निर्माण भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ