arrow

पुनःनिर्माण विधेयक सदनमा शीघ्र पेस हुनेछ प्रधानमन्त्री

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1681698320.jpeg
काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणसम्बन्धी विधेयक सदनमा शीघ्र पेस हुने जानकारी दिँदै पुनःनिर्माण प्राधिकरण गठनको काम पनि तदारुकताका साथ गरिने बताएका छन् । 

यहाँस्थित युरोपेली प्रतिनिधिमण्डल र फ्रान्सका राजदूत तथा विश्व बैङ्क र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती विकास विभाग (डिएफआइडी) का यहाँस्थित प्रमुखसँग बिहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले विकास सहायता, मानवीय सहयोग, भूकम्पपछिको पुनःनिर्माण एवम् पुनःनिर्माण प्राधिकरण गठनलगायत समसामयिक विषयमा छलफल गरेको युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले पत्रकारहरूलाई बताए । 

शिशिर याम सुरु हुनुअगावै भूकम्पपीडितलाई मानवीय सहायताका सामग्री पु¥याउन र पुनःनिर्माणका कार्य तदारुकताका साथ अघि बढाउन जरुरी भएकामा आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ