arrow

चाणक्य भन्छन् - धेरै पढेका ब्राह्मण कोरा कागज

logo
चाणक्य ९,
प्रकाशित २०७६ वैशाख ११ बुधबार
chanakya41.jpg

काठमाडौं । चाणक्य नीतिमा आचार्य चाणक्यले चार वेद एंव अनेक धर्म शास्त्रहरु घोक्न भन्दा पनि आत्मज्ञान लिएर अनुभव गर्न सुझाएका छन् । उनले धेरै पढेका ब्राह्मण कोरा कागज समान हुन् भनेका छन् ।   चाणक्य नीतिको १५ अध्याायको १२ औँ श्लोकमा भनिएको छ -

पठन्ति चतुरो वेदान् धर्मशास्त्राण्यनेकश:।
आत्मानं नैव  जानन्ति दर्वी पाकरसं यथा ।।
 

चाणक्यले आत्मतत्व बिना वेद एंव अनेक धर्म शास्त्रहरुको अध्ययन गर्ने मानिसलाई गुदि कुरो थाहा नहुने बताएका छन् । उनि भन्छन्,  'यदि कुनै मानिस चार वेद एंव अनेक धर्म शास्त्रहरुको अध्ययन गर्छ तर उसले आत्मतत्वलाई जान्दैन भने उ एक चम्चा समान हो ।  जसले अनेक परिकारलाई चलायो तर कुनैको पनि स्वाद चाख्न सकेन ।'

गरुड पुराणको १६ अध्यायको ८२ औँ श्लोकमा भनिएको छ
प्रज्ञानहीनस्य पठनं यथान्धस्य च दर्पणम् ।
अत: प्रज्ञावतां शास्त्र तत्त्वज्ञानस्य लक्षणम् ।।

तत्वज्ञान हीन मनुष्यद्वार शास्त्रहरुको केवाल पठन गर्नु अन्धाको लागि एना समान हो । अत : ज्ञानिहरुको लागि नै शास्त्र तत्वज्ञानको बोध गराउछ ।

वेदको अध्ययन र शास्त्रलाई केवल पढिरहनाले मुक्ति मिल्दैन । मुक्तिको कारण नत वर्णाश्रम हो, न दर्शन शास्त्र र न त अग्निहोत्र आदि कर्म । मुक्तिको कारण केवल अध्यात्म ज्ञान हो । जसरी दाउराको एक चांग माध्ये संजीवनी बुटी नै श्रेष्ठ हुन्छ यसरी नै सबै बाह्य-पुजा, पाठ, शास्त्रको स्वध्यय सवै हठयोगदि साधनहरु भन्दा आध्यात्मज्ञान सर्वश्रेष्ठ हो ।

यसकारण कुनै पनि व्यक्ति आफ्नो मोक्ष चाहन्छ भने उसले सबै प्रकारका प्रयत्न गरेर सबै अवस्थामा अध्यात्म ज्ञानमा नै तत्वनिष्ठ हुनु पर्छ ।   

वास्तवमा हाम्रा महापुरुषहरुद्वारा वर्णित जुन अनेक नाम छन् । तिनिहरुको हामी अध्यात्मिक विश्लेषण गर्ने हो भने हामी चरम सत्यसम्म पुग्न सक्छौ किनकि उनिहरुले आफ्नो जीवनकालमा त्यही सत्य (आदि-स्पन्दन) को अनुभव गरे । र प्रचार गरे जुन सत्यबाट हाम्रो सृष्टि भयो । जसबाट यो सारा संसार उत्पन्न भयो ।

त्यो शब्द त्यो नाम भाषा भन्दा परको नाम छ । शास्त्र भन्दा टाढाको नाम छ । यसैले हाम्रा सन्तहरुले भने नाम पराविद्याको बिषय हो । जबकि हाम्रो सबै शास्त्र सबै पुस्तक अपरा विद्या अन्तर्गत पर्दछन् । त्यो नाम यी सबै कुरा भन्दा माथि छ । त्यो परावाणीको विषय हो । जुन हामी सबै भित्र विद्यमान छ । प्रत्येक व्यक्तिको हृदय भित्र विद्यमान छ । त्यसलाई स्वांस स्वांस सुमिरण गर्नको लागि हाम्रा सन्तहरुले भने ।

त्यो शब्द हाम्रो प्राणमा रमिरहेको छ । त्यसैले हाम्रो प्राणबाट त्यसको उच्चारण हुन्छ । जिब्रोबाट हुदैन किनभने त्यो इन्द्रियहरुको बिषय होइन । त्यसलाई बुझ्न जान्नको लागि हामीलाई सद्गुरुदेवको माध्यमबाट आफ्नो भित्र जानुपर्नेछ । जब त्यो कण कणमा रहेको छ भने तपाई भित्र पनि हुनेछ । त्यैले त्यसको पहिचानको लागि हामी बाहिर होइन आफ्नो भित्र  जानुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ