arrow

तवेलामा पढ्न बाध्यछन् वालवालिका

logo
यादव आचार्य,
प्रकाशित २०७२ चैत ५ शुक्रबार
horse.jpg.jpeg
बर्दिया। वैदेशिक अनुदान मार्फत ०५६ साल देखि सञ्चालनमा ल्याएको वालशिक्षा कार्यक्रम प्रभावकारी भएपनि सरकारले यथोचित लगानी गर्न नसक्दा ओझेलमा परेको छ । सन् २०१५ सम्म नेपाल सरकार मार्फत कार्यक्रम चलाईने अवधारणा बनाईए तापनि सम्वन्धित निकायले चाँसो नदिदा वालवालिका हरु घोडा वाध्ने तवेला र स्थानियको भान्छाघरमा पढ्न वाध्य छन्। 
 
आजका वालवालिका भोलिका कर्णधार हुन् । पोषण, स्वस्थ शरिर र उचित शिक्षा वालवालिकाको अधिकार हो । धन हुने मानिसका वालवालिका निजि विद्यालयमा शानसँग पढ्छन् तर गरिवका वालवालिका सरकारी स्कूलमा पढ्छन् । नेपालका शिक्षालय हरु धनी र गरीवको व्राण्ड नै वनिसकेका छन् । नेपालमा ३ वर्ष देखि ५ वर्ष सम्मका वालवालिकाको शिक्षामा पहुँच पुर्याउन दातृ निकायको सहयोगमा सरकारी स्तरमा वालशिक्षा कार्यक्रम लागु भयो । तर बर्दियाका वालवालिका हरुलाई त्यही कार्यक्रम अभिषाप वनेको छ। कुनै पनि विद्यालयमा कक्षा कोठा नपाएपछि सदरमुकाम गुलरिया नगरपालिकाको वार्ड नं. ८ स्थित एक व्यक्तीको घोडा वाध्ने तवेला र भान्सा घरमा वालवालिका हरु पढ्न वाध्य भएको शिक्षिका शुसीला थापाले वताईन् । तवेला र भान्सा घर जोडीएको स्थानमा वालवालिकालाई पढाउन कठिनाई परेको उनले वताईन् । पहिले त सडकमै पढाउथे स्थानियले देखेर तवेलामा पढाउने ठाउँ दिए उनले थपिन् । सम्वन्धित निकायले चाँसो नदिएको उनले वताईन् ।
 
वाल शिक्षा कार्यक्रमका लागि कक्षा कोठाको अभाव त छँदैछ अर्को तिर अन्र्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्ड विपरित शिक्षिका हरुको श्रमशोषण भैरहँदा समेत सरकार बेखवर वनेको छ । घरको चुलोचौको बाट बल्ल बल्ल फुर्सद निकालेर बाल शिक्षा पढाउने सहयोगी महिला शिक्षकहरुलाई सरकारले न्यूनतम मापदण्ड भन्दा पनि थोरै पारिश्रमीक दिएपछि उनीहरुको श्रमशोषणमा परेको उनको गुनासो छ । 
 
पारिश्रमिक बृद्धि, भवन उपलब्ध गराउन शिक्षा कार्यालय मार्फत पटक पटक मन्त्रालयमा माग गरेपनि कुनै सुनुवाई नभएपछि महिला हरु हैरान परेका छन् । गत वैशाख महिना देखि पारिश्रमीक बृद्धि भएपनि सरकारले कुनै जानकारी नै नदिएको उनीहरुको गुनासो छ । बृद्धि भएको रकम पनि विना सूचना भुकम्प पिडितहरुको राहत भन्दै सरकारले कटौती गरेकोमा बाल विकास तथा सहयोगी कार्यकर्ता अधिकार संरक्षण मञ्च बर्दियाकी अध्यक्ष मीना भण्डारीले आक्रोस पोखिन् ।
 
सरकारले वालशिक्षा कार्यक्रमलाई शिक्षा ऐन अनुसार १ देखि १२ कक्षाको निति लिएर शून्य कक्षालाई समावेश नगरेपछि समस्या वल्झिएको बाल विकास तथा सहयोगी कार्यकर्ता अधिकार संरक्षण मञ्च बर्दियाकी अध्यक्ष मीना भण्डारीको गुनासो छ । बर्दियामा ६ सय ३८ स्थानमा बाल विकास कक्षा संचालनमा रहेको उनले वताईन् । 
 
जिल्ला भरि करिव १४ सय वालवालिका लाई ६ सय ३८ जना सहयोगी हरुले पढाउने गरेका छन् । दैनिक ४ घण्टा वालवालिका हरुलाई पढाउँदा समेत मासिक ३ हजार रुपैया मात्र पारिश्रमीक पाउँदा थप पिडा थपिएको उनको गुनासो छ । न्यून पारिश्रमीक, भवन अभाव लगायतका समस्याहरु सरकारलाई होईन साना साना वालवालिका लाई अक्षर चिनाउने गुरुआमा हरुको टाउको दुःखाई बनेको छ । 
 
आजका वालवालिका भोलिका देश वाहक हुन् । जग बलियो भए घर त्यसै बलियो हुन्छ । शिक्षक त्यस्तो व्यक्ती हो जो आफू जलेर अरुलाई उज्यालो दिन्छ । तशर्थ देशका कर्णधार उत्पादन गर्ने शिक्षकहरुको मनोवल वढाउँदै उचित कक्षाकोठाको व्यवस्थापन गर्नु जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ