arrow

महिलाले नि जोत्छन् हजूर !

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
mahila-jotdai.jpg

काठमाडौं । पहिले यस्तो समय थियो कि महिलाले जोत्नु हुँदैनथ्यो । महिलाले मात्र होइन बाहुनलाई पनि हलोको अनौ समाउन दिइँदैन थियो । 

तर समय एउटै रहँदैन । महिलाले पनि जोत्न थाले । बाहुनले पनि हलोको अनौ समाउन थाले । 

फेरि यो सबै परिस्थितिले पनि भएको हो । मजदुरको अभावले अब महिला नै जोत्न वाध्य भएका छन् । 

म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा एक महिलाले मिनि टेलर हलोबाट खेत जोत्दै गरेको तस्वीरमा देख्न सकिन्छ । युवाहरु वैदेशिक रोजगारमा गएपछि कृषि मजदुरुहरुको अभाब हुने गरेको छ । 

सरकारले बाँझो जमिन राख्न नपाइने भन्दै आए पनि युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकेको छैन । निश्चित लक्ष्य बिना नै सरकारले योजना ल्याए पनि युवाहरु विश्वस्त हुन सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ