arrow

काठमाडौँमा पढ्दै आएका तेह्रथुमका एक विद्यार्थी चार महिनादेखि बेपत्ता

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७२ चैत ५ शुक्रबार
Baneshwore-highway-ncell-tower.jpg.jpeg
तेह्रथुम। काठमाडौँमा बसेर पढिरहेका तेह्रथुमका एक युवक चार महिनादेखि बेपत्ता भएका छन् । तेह्रथुमको हमरजुङ–४ स्थायी घर भई हाल काठमाडौँको मैतीदेवी स्थित लर्ड बुद्ध एकेडेमीमा कम्प्युटर साइन्स पढ्दै गरेका २० वर्षे विक्रम थापा गएको मंसिर १० गतेदेखि बेपत्ता भएको बुवा भीमबहादुरले बताए। रातो वर्ण, साढे पाँच फिट उचाई र कालो छोटो कपाल भएका विक्रम एक वर्षदेखि होस्टेलमा बसेर पढ्दै आएका थिए।
 
एसएलसी पछि घरबाहिरै बसेर पढिरहेका विक्रम हराएको खबरपछि परिवार स्तब्ध बनेको छ। साथीभाई, इष्टमित्र, आफन्तकहाँ कतैपनि नभएको र घरमा पनि नआएपछि आफुले प्रहरीसँग उजुरी गरेपनि अझै पत्ता नलागेको वुवा भीमबहादुरले बताए। छोरो खोज्दै दुई पटक काठमाडौँ पुगिसकेँ, बुवा भीमबहादुरले भन्नुभयो–पढेर केही गर्ला कि? भनेर पढ्न पठाएको छोरो एक्कासी बेपत्ता हुँदा यतिकादिन देखि मनमा चैन छैन। 
 
मंसिर १० गतेबाट कोठामा नआएका विक्रमको बारेमा परिवारलाई करिब १५ दिनपछि नजिकै बस्ने साथी सन्तोष भटराईले खबर गरिदिएका थिए। विक्रम उनी पढ्ने कलेजका राम्रा विद्यार्थी हुन्। उनी क्याम्पसमा पनि उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने गरेको परिवारले जनाए। 
 
सानैदेखि राम्रो पढाई भएका विक्रमले काठमाडौँमै पनि आफुभन्दा मुनिका कक्षाका विद्यार्थीलाई ट्युसन पढाएर समेत आफ्नो खर्च धान्ने गरेका थिए। बुवाले आफुहरुलाई उजुरी गरेपछि निरन्तर खोजको काम भइरहेको महानगरीय प्रहरी विभाग बुढानीलकण्ठले जनाए। 
यदि कसैले कही कतै भेटेमा देखेमा बुवा भीमबहादुरको सम्पर्क नं. ९८५२०५३१२२ र महानगरीय प्रहरी विभागको सम्पर्क नं. ०१४३७१६४६ मा सम्पर्क गरी जानकारी दिन समेत परिवारले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ