arrow

पुथ्वीको नजिकैबाट गयो धुम्रकेतु थेचर, जसकारण झरे प्रतिघण्टा २० उल्का पिण्ड

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
dhurbaketu.jpg

काठमाडौं ।  लिरिड्स मोटियोर शावर नामक खगोलीय घटनाको कारण मंगलवार र बुधवार राति आकाशमा उल्का पिण्ड वर्षा भएको छ । उक्त दुई रात आतिशबाजीको झल्को दिने गरी उक्त पिण्डको वर्षा भएको थियो ।

धुम्रकेतु पृथ्वीको नजिकै बाट गएसँगै उक्त दुई रात १ देखि ४ बजेभित्र प्रतिघण्टा २० उल्कापिण्ड खसेका थिए ।

यो घटना धुम्रकेतु सी-१८६१ जी१ थेचर पृथ्वीको नजिकैबाट जाँदा हुने घर्षणको कारण भएको हो । यस वर्ष यस किसिमका १० घटना हुनेछन् । यसलाई फरक फरक नाम दिइएको छ ।

 लिरिड्स गत जनवरी ४ मा भएको क्वाडरेन्टाइडपछिको दोस्रो घटना हो । अब ५ देखि ६ को राति १ देखि ४ बजेको बीचमा एक्वारिड्स मेटियोर शावर नामक यस्तै खगोलीय घटना हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ