arrow

कार्तिकको ९७ रन खेर गयो, शाहरुख चिन्तामा 

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
kolkatta1.jpg

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको आइपिएल टी–२० क्रिकेटमा बिहीबार राति राजस्थान रोयल्स विजयी भएको छ । कोलकाता नाइट राईडर्सलाई ३ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो । 

कोलकाताको इडेन गार्डेनमा कोलकाताले दिएको १७६ रनको विजयी लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

रियान परागले ३१ बलमा ४७, अजिन्क्या रहानेले २१ बलमा ३४ तथा जोफ्रा अर्चारले १२ बलमा नटआउट २७ रन बनाए । पियुस चावलाको ३ तथा सुनिल नाराइनको २ विकेटले टिमले जितेन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको नोक्सानीमा १७५ रन बनाएको थियो ।

सातौं विकेटका लागि ४४ रनको साझेदारी भएको खेलमा कप्तान दिनेश कार्तिकले ५० बलमा ९ छक्का र ७ चौकाको मद्धतले नटआउट ९७ रनको योगदान दिए ।

उनको त्यो आकर्षक खेल भने जितका लागि पर्याप्त भएन । यो हारले भने कोलकाताका मालिक बलिउड अभिनेता शाहरुख खानलाई निराश बनाएको छ । कोलकाताको प्लेअफ यात्रासमेत कठिन बनेको छ । 

अंकतालिका 
लिगमा चेन्नाई सुपर किंगस ११ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । ११ खेलबाटै १४ अंकको दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ । १० खेलबाट १२ अंकको मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । 

१० खेलबाट १० अंकको सनराइजर्स हैदराबाद चौथो स्थानमा हुँदा ११ खेलबाट १० अंकको किंगस ११ पंजाब पाँचौं स्थानमा छ । 

११ खेलबाट कोलकाता, राजस्थान र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः छैटौं, सातौं र आठौं स्थानमा छन् । 

शुक्रबारको खेल
शुक्रबार राति चेन्नाई र मुम्बई खेल्दैछन् । खेल चेन्नाईको मैदानमा हुँदैछ । जितले चेन्नाई दुई खेलअघि नै प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । 

जितले मुम्बई दोस्रो स्थानमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ