arrow

रियाल मड्रिडको विजोग, जिदानले सकेनन् 

बेल, बेन्जेमा र डियाजले खेर फाले गोलका अवसर

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
zidane2.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा पूर्व च्याम्पियन रियाल मड्रिडको खराव यात्रा जारी छ । बिहीबार राति भएको खेलमा रियाल मड्रिड गेटाफेसंग गोलरहित बराबरीमा रोकियो ।

Teeanger Brahim Diaz took his chance to impress with one particular outrageous piece of skill

गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियालले थुप्रै त्यस्ता गोल गर्ने अवसरलाई त्यत्तिकै खेर फाल्यो ।

Keylor Navas was selected ahead of fit-again Thibaut Courtois and made a fine double save

रियालका खेलाडीहरुको आक्रमणलाई गेटाफेका गोलकिपर केलर नाभास र डिफेन्स लाइनले पार लाग्न दिएन । 

Gareth Bale was one of six changes as Zinedine Zidane experimented with his line-up

ग्यारेथ बेल, टिनएजर खेलाडी ब्राहिम डियाज लगायतका खेलाडीहरु फ्लप सावित भए । प्रशिक्षक जिनेदिन जिदानले लाइनअपमा गरेको परीक्षण पनि फ्लप भयो । 

बेलले आधा दर्जन गोल गर्ने अवसरलाई गोलमा बदल्न सकेनन् । त्यस्तै करिम बेन्जेमाले दुई वटा गोलका अवसर खेर फाले ।

Top scorer Karim Benzema twice went close on an frustrating night for the visitors

जिदान फेरि प्रशिक्षकका रुपमा फर्केपछि रियालले ७ मध्ये ३ खेलमा अंक गुमाएको छ । 

यो बराबरीसंगै रियाल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा यथावत छ । बराबरीले गेटाफे ५५ अंकसहित चौथो स्थानमा पुगेको छ । 

३४ खेलबाट ८० अंकको बार्सिलोना उपाधिका लागि एक जितमात्र पछाडि छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ७१ अंक छ । 

सेभिया ५५ अंकसहित पाँचौं स्थानमा हुँदा भ्यालेन्सिया ५२ अंकबाट छैटौं स्थानमा छ । 

बिहीबार रातिका अन्य खेलको नतिजा
सेभिया ५–० रायो भाएकानो 
भिल्लारियल १–० रियाल सोसिडाड 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ