arrow

थोराङपासमा कोरियाली धुन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
63529794.jpeg
निर्मल खत्री, म्याग्दी । राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत सबैभन्दा उच्च स्थानमा पर्ने थोराङपासमा कोरियाली कलाकारहरुले टोलीले साँगीतिक कार्यक्रम आयोजना गरेका छन् । वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि पर्यटनको विश्वबजारमा नेपाल सुरक्षित छैन भन्ने सन्देश प्रवाह भईरहेको सन्र्दभमा कोरियाली गायिका करक किमको नेतृत्वको कलाकारहरुको टोलीले ६ घण्टासम्म सांगीतिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यसक्रममा मूख्य गायिका किमले ६ घण्टासम्म निरन्तर पियानो सहितका बाद्यबादन मार्फत विभिन्न थरिका गीतहरु प्रस्तुत गरेकी थिईन् । १६ दिने चक्रिय पदमार्ग अन्र्तगत पर्ने थोराङपास समुद्री सतह देखि पाँच हजार ४ सय १६ मिटरको उचाईमा अवस्थित छ । 

थोराङपास मुस्ताङ र मनाङको सीमाना पनि पर्ने भएकाले दुबै तर्फबाट त्यहाँ पुगेको पर्यटकहरु उक्त सांगीतिक कार्यक्रममा रमाएको आयोजक दक्षिण कोरिया पियाना एण्ड आईसक्रिम ग्रपले जनाएको छ । ‘नेपाल यति सुन्दर छ, यहाँका पर्यटकीय गन्तव्यहरु भूकम्पले पनि केहि भएको छैन्, म अहिले सुरक्षित छु, अरु साथीहरु पनि सुरक्षित छन्’, ग्रुपकी निर्माता सुजिन चोईले भने, ‘हाम्रो सानो प्रयासले संसार भर सकरात्मक सन्देश प्रवाह भएको विश्वास लिएका छौँ ।’ गायिका कोमले कोरियन, अँग्रेजी तथा नेपाली भाषाबाट गीत गाएकी थिईन् । ‘रेशम फिरीरी’ बोलको गीत गाउँदा त्यहाँ रहेका नेपाली गाईड तथा भरियाहरु पनि खुलेर नाँचेका थिए । ‘होप फर नेपाल, एक्ट फर नेपाल’ भन्ने उद्देश्य राखिएको कार्यक्रम आयोजना गरिएको निर्माता चोईले जानकारी दिए । 

कार्यक्रमका लागि कोरियाबाट ६ जनाको टोली नेपाल आएको र यस्ता कार्यक्रमले पर्यटक आकर्षित गर्न अन्तराष्ट्रियस्तरमा सकरात्मक सन्देश प्रवाह भएको टे«किङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)का केन्द्रीय सदस्य वाङचु शेर्पाले बताए । ‘मैले उहाँहरुको उद्देश्य राम्रो लागेर समन्वयकर्ताको रुपमा सहयोग गरेँ, कोरिया लगायतका स्थानमा यसले ठुलो चर्चा पायो,’ उनले भने, ‘यसको प्रतिफल आगामी सिजनहरुमा देखिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ