arrow

विद्यासुन्दरको हरिप्रभालाई प्रश्न : मेरो इज्जत उडाएर तपाईँको चाहिँ बच्छ ?

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
bidhyasundar-shakya.jpg

काठमाडौं । रानीपोखरी अतिक्रमणको विरुद्ध मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पुगेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानसहितको टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एउटा भावुक जवाफ फर्काए । टोलीको नेतृत्व गरेर शुक्रबार महानगरपालिका पुगेका प्रधानले टुँडीखेलको इतिहास, यसको महत्व र यसलाई संरक्षण गर्नुपर्ने कारणबारे मेयर शाक्यलाई स्पष्ट पारेका थिए । 

त्यसपछि टोलीले मेयर शाक्यलाई ज्ञापन पत्र पढेर सुनाए पछि बोल्ने पालो आयो मेयर शाक्यको । आफ्नो पालो आएपछि शाक्यले भाबुक हुँदै भने ‘मैले चैत २४ गते मात्रै यस विषयमा थाहा पाएको हुँ । मैले उपमेयरको नेतृत्वमा यस विषयमा छानविन गर्नको लागि जिम्मेवारी दिएको थिएँ । तर, उहाँले यसबारे अध्ययन गर्नुभयो रिपोर्ट दिनु भएन । उहाँ तपाईंहरुले भनेको मान्नु हुन्छ मैले भनेको मान्नु नै हुन्न’  

उनले खड्की नेपाली काँग्रेसको तर्फबाट उपमेयर भएको भएपनि अहिले त उपमेयर भएकोले मेयरले दिएका केही निर्देशनहरु त मान्नु पर्ने तर्क गरे । उनले उपमेयरले पछिल्लो समय उपमेयरको भन्दा पनि एउटा पार्टीको कार्यकर्ताको व्यवहार गरेको आरोप लगाउँदै भने ‘के मेरो इज्जत उडाएर तपाईँको चाहिँ बच्छ ?’ माननीयहरुलाई सम्मान गर्नुपर्ने भन्दै उनले उपमेयर र वडाध्यक्षहरुले आफूलाई नटेर्ने गरेको गुनासो पत्रकारहरुसँग नै गरे । 

उनले अब आफैंले सो विषयमा एक्सन लिने चेतावनी समेत दिएका छन् । आफूलाई मिडियाले ‘मेयर गायब भयो’ भनेर अनर्गल प्रचार गरेको आरोप लगाएका छन् । सो कार्यक्रममा पूर्व मन्त्री प्रधानले सरकारी जग्गा राज्यले नै सुरक्षित राख्नुपर्ने भन्दै त्यसमा पनि काठमाडौंको खुल्ला मञ्च भनेको त ऐतिहासिक महत्व बोकेको ठाउँ भएकोले यसको संरक्षण गर्न कुनै कसर बाँकी राख्न नहुने धारणा राखेका छन् । 

यस अघिका विभिन्न घटनाक्रमहरुले पनि एक पटक अतिक्रमण भएको भूमि फिर्ता गर्न धेरै गाह्रो भएकोले यसलाई समयमा नै व्यवस्थित गर्न सुझाव दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ