arrow

असामान्य गर्भाशयः३९ वर्षकी महिलाका ३८ छोराछोरी

पाँच पटक ४–४ बच्चा जन्माइन्, चार पटक ३–३ बच्चा जन्माइन्, एक पटक ६ बच्चा जन्माइन् 

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
big-family.jpg

काठमाडौं । धेरै बच्चा जन्माउनेलाई ‘कुखुरा कोरल्ने मेसिन’ का रुपमा चित्रित गरिन्छ । आजकल धेरै बच्चा पाउने दवाव आउन थाले, ‘मेरो गर्भाशय बच्चा पाउने मेसिन हो र ?’ भनी महिलाहरुले प्रश्न गर्ने पनि गरेका छन् । 

तर रुवान्डाकी एक ३९ वर्षीया महिलाको कुरै बेग्लै छ । मरियम नबातान्जीले ३८ बच्चालाई जन्म दिइसकेकी छिन् । 

उनको गर्भाशयलाई असाधारण भनिएको छ । उनले ६ पटक जुम्ल्याहा पाएकी थिइन् । 

चार पटक उनका तिम्ल्याहा जन्मिए । जबकि पाँच पटक उनले ४–४ बच्चा जन्माइन् । एक पटक त एकैसाथ ६ बच्चा जन्माइन् । 

पछिल्लो पटक नबातान्जी साढे २ वर्ष अगाडि गर्भवती भएकी थिइन् । उनको पेटमा ६ बच्चा थिए । एउटाको पेटमै मृत्यु भएको थियो । त्यसपछि कोही पनि बाँचेनन् । 

६ बच्चा पाएकामा हाल कुनै पनि बच्चा जिवित छैनन् । उनीहरुको परिवार अफ्रिकामा सबैभन्दा ठूलो परिवार मानिन्छ । 

उनका पति घरमा खासै बस्दैनथे र उनको घरमा पतिलाई अभिशापका रुपमा लिइन्छ । उनले धेरै दुःख झेलेकी छिन् । 

पतिले केही काम नगरेकाले उनी आफैले हेयर ड्रेसिङ र कबाडी सामान बेच्दै आएकी छिन् । 

ज्यादा बच्चा हुनुको पछाडिको कथा
धेरै बच्चा जन्माउनुमा बनातान्जीले विगतलाई कारक मान्छिन् । उनको जन्मको तीन दिनपछि उनकी आमाको मृत्यु भएको थियो । 

उनका बाबुले अर्को विवाह गरे । सौतेनी आमाले सबै बच्चाको खानामा शिशाको गिलास टुक्राटुक्रा पारेर मिलाएर दिइन् । 

नबातान्जी सात वर्षकी छँदा भएको यो घटनामा उनका भाइ बहिनीहरु मारिए उनी बाँचिन् । उनी आफ्ना नातेदारकहाँ गइन् र बसिन् । त्यतिबेलै मनमा ख्याल गर्थिन् कि ६ बच्चा जन्माएर फेरि परिवार बनाउने । 

अहिले उनकी ठूली छोरी २३ वर्षकी छिन् । उनको १२ वर्षको उमेरमा बिहे भएको थियो ।

एक वर्षपछि उनले जुम्ल्याहा बच्चा जन्माइन् । डाक्टरले अन्डाशय असामान्य रुपले ठूलो भएकाले गर्व निरोधक चक्की लिनु घातक भएको बताएपछि उनको जीवनको मोड नै बदलियो । 

शरीरको यो विकृतिले उनका यतिधेरै सन्तान होलान् भन्नेसम्मको जानकारी भएन । (एजेन्सीको सहयोगमा)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ