arrow

प्रहरीको पाँच हजार पदका लागि पैँतीस हजारको आवेदन

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
nepal police.png.png
काठमाडौँ। नेपाल प्रहरीमा रिक्त जवानका लागि खोलिएको विज्ञापनमा देशभरबाट ३५ हजार बढीको आवेदन परेको छ।
 
नेपाल प्रहरीले गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्त आह्वान गरेकामा देशभर खुलामा दुई हजार ९३७ सहित पाँच हजार ४४४ पदका लागि आवेदन खोलिएको थियो । उक्त पदमा देशभरबाट ३५ हजार २६४ को आवेदन परेकामा २९ हजार ५०५ पुरुष र पाँच हजार ७५९ महिला रहेको प्रहरी प्रवक्ता माधव जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “पछिल्लो समयमा रोजगारीको अभाव र ८ कक्षा उत्तीर्ण भएपछि खान मिल्ने सरकारी जागिर भएकाले प्रहरी जवानका लागि धेरैको आवेदन परेको हो ।”
 
सबैभन्दा धेरै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जमा नौ हजार ६३१ र सबैभन्दा थोरै अञ्चल प्रहरी कार्यालय कर्णालीमा ८१४ जनाको आवेदन परेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ