arrow

मंगलबारे बहुमुखी क्याम्पसको अध्यक्षमा मेघप्रसाद चम्लागाई सर्वसम्मत

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
megraj-Chamlagain.jpg

इलाम। देउमाई नगरपालिकाको मंगलबारेमा सञ्चालित मंगलबारे बहुमुखी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा मेघप्रसाद चम्लागाई चयन भएका छन्।

शनिवार भएको तेस्रो क्याम्पस सभाले चम्लागाईको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको हो। चम्लागाई क्यापस स्थापना गर्दा महत्वपूर्ण भूमिका खेलेका ब्यक्ति हुन्। उनी स्थापनाकालमा संयोजक समेत भएर काम गरिसकेका ब्यक्ति हुन्।

शिक्षा क्षेत्रमा लामो अनुभव भएका उनी भगवति माध्यामिक बिद्यालय धुसेनीमा लामो समय प्रधानाध्यापक समेत रहेका थिए।

निर्वाचित समितिको सदस्यहरुमा पुर्णचन्द्र श्रेष्ठ, पदम खनाल, मुनादेवी श्रेष्ठ, पुष्प आचार्य, सुरेन्द्र वस्नेत रहेका छन्।

त्यस्तै अन्य सदस्यहरुमा राजिव प्रधान, देविका गौतम, युवराज श्रेष्ठ, उमकान्त शंकर र विष्णु वस्नेत छन्। सात जना स्वत पदेन सदस्य रहने छन भने बाँकी तीन जना मनोनयन गरिने छ। यस भन्दा अघि क्यापस ब्यवस्थापन समितिको अध्यक्ष हेममणि प्रधान रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ