arrow

चौथो देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि रेड स्टार विर्तामोडलाई 

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
game1.jpg

इलाम । इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा सम्मपन्न चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा विर्तामोडको रेड स्टारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा रेडहर्स इलामलाई सडन डेथमा पराजित गर्दै विर्तामोडले उपाधी चुमेको हो । 

विर्तामोडले उपाधिसँगै नगद २ लाख २२ हजार २ सय २२ रुपयाँसहित ट्रफी प्राप्त गर्यो । उपविजेता इलामले १ लाख ११ हजार एक सय ११ रुपयाँमा चित्त बुझायो ।  

खेलको ३३ औं मिनेटमा रेडहर्ष फुटवल क्लबका पासाङ शेर्पाले गोल गरेका थिए । रेडस्टारका तर्फबाट दोस्रो हाफको ६९ औं मिनेटमा पाएको पेनल्टी प्रहारलाई सदुपयोग गर्दै अर्जुन खत्रीले गोल गरेर बराबरीमा ल्याएका थिए । 

टाइब्रेकरमा दुवैतर्फ ४–४ गोल भएको थियो । सडन डेथमा रेडहर्सका दर्शन गुरुङको प्रहार झापाका गोल रक्षक दिनेश थापाले जोगाउँदा इलाम उपविजेतामा समेटिएको हो । 

विर्तामोडको तर्फवाट दिनेश गुरुङ, अर्जुन क्षेत्री, विक्रम धिमाल, युवराज राई र शक्ति राईले गोल गरेका थिए । विर्तामोडका भरत खवासको वल बाहिरिएको थियो । इलामका छिरिङ गुरुङ, हरि सिटौला, डाडे बेम्बा, प्याट्रिकले गोल गरेका थिए । 

इलामका मनिश थापाको प्रहार झापाका गोलरक्षकले रोकेका थिए । म्यान अफ द म्याच इलामका पासाङ तामाङ घोषित भए । वेष्ट डिफेन्स इलामका छिरिङ गुरुङ, वेष्ट किम्पर झापाका दिनेश थापा मगर, मिडफिल्ड मनिश थापा, टप स्कोरर विर्तामोडका शक्ति राई, मस्ट भ्यालुएवल प्लेयर हरि सिटौला घोषित भए । 

विजेता तथा उपविजेता टीम तथा खेलाडीहरुलाई देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पाख्रेलले पुरस्कार वितरण गरे । २०७० सालबाट सुरु भएको प्रतियोगिता गत ७२ सालमा गएको भूकम्पका कारण मैदानमा क्षति पुगेपछि हुन नसकेको आयोजक त्रिभेणी युथ क्लबका सचिव अषेश बुढाथाकीले जानकारी दिए । 

अब यस वर्षबाट प्रतियोगिता निरन्तर सञ्चालन गरिने आयोजक क्लवका अध्यक्ष विक्रम श्रेष्ठले बताए । उनका अनुसार आगामी वर्षबाट थप पुरस्कार समेत बृद्धि गरिँदै लगिने छ । 

औपचारिक कार्यक्रम त्रिवेणी युथ क्लबका अध्यक्ष विक्रम श्रेष्ठको अध्यक्षता तथा देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ