arrow

के हुदैछ चन्द्रमाको 'डार्क साइड' मा ?

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
moon-dark-side.jpg

काठमाडौं। हामीहरुले सधैं चन्द्रमालाई हेर्दा एकै भाग मात्र देख्ने गर्छौ। अर्थात् पृथ्वीबाट चन्द्रमाको आधा एउटै भाग मात्र देखिन्छ। चन्द्रमाको नदेखिने आधा भागको विषयमा भने धेरै जानकारी पाउन सकिएको छैन। यहाँ चन्द्रमाको नदेखिने भागको विषयमा केही चर्चा गरिएको छ। 

सन् १९५९ मा सोभियत विमान लुना ३ लाई नदेखिने भागको तस्वीरका लागि चन्द्रमा पठाइएको थियो र यसले केही तस्वीर लिएको थियो। त्यतिबेला मानिसहरुले पहिलोपटक नदेखिने भागको तस्वीर हेर्न पाएका थिए। पृथ्वीको परिक्रमा गर्दा दुवैतर्फको चन्द्रमाको भाग देख्नु कठिन हुन्छ। यी दुईको बीचको गुरुत्वाकर्षण बलको प्रभावले उत्पन्न बलको प्रभावमा यी दुई ग्रहहरु घुम्न थाल्छन्। तर, चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न जति समय लगाउँछ, त्यति नै समय उसले अफ्नो कक्षमा एक फन्को लगाउनका लागि लगाउँछ।जसको कारण चन्द्रमाको अर्को भाग पृथ्वीबाट देख्न सकिँदैन।

चन्द्रमाको देखिने भागपट्टि भने धेरै नै अनुसन्धान भएका छन्। किनकी यसलाई सहजै देख्न पनि सकिन्छ। चन्द्रमाको नदेखिने भागलाई ‘डार्क साइड’ पनि भन्ने गरिन्छ। तर, चन्द्रमाको दुवैतर्फ पृथ्वीमा जस्तै दिन र रात हुन्छ। चन्द्रमाको नदेखिने भागको विषयमा पनि विभिन्न अध्ययन चलिरहेको छ। यसैबीच चीनको चाङ ई ४ ले यसको बारेमा विभिन्न सूचना दिने काम गरिरहेको छ। चन्द्रमाको नदेखिने भागमा पहिलोपटक यो विमान ल्याण्ड गरेर अनुसन्धान शुरु गरेको हो।

चीनको यो अनुसन्धानले आगामी दिनमा चन्द्रमाको विषयमा जान्न बाँकी धेरै कुराको भेद खोल्नेछ। साथै यसले चन्द्रमाको माटोको पनि परीक्षण गर्नेछ। चाङ ई ४ ले उक्त ‘डार्क साइड’भनिएको भागको रोचक सूचनाहरु पठाएको चीनले जनाएको छ। केही समयअघि यो मिसनअन्तर्गत चीनले चन्द्रमामा कपासको बीउ उमारेको छ। वैज्ञानिकहरुका अनुसार यो क्षेत्रमा रेडियो सिग्नल पनि निकै कम हुने गरेको छ। तर, अहिले चीनले पठाएको योजना अनुसारको विमानले कम फ्रिक्वेन्सीमा काम गर्न सक्ने भएकाले केहि थप रहस्य उजागर हुने विश्वास चिनियाँ वैज्ञानिकहरुको छ। 

चीनको यो मिसनले मानव बसोवासको सम्भावनाको विषयमा पनि अध्ययन गर्नेछ। उनीहरु अहिले मंगलग्रहमा मानव सम्भावनाको खोजीका लागि चन्द्रमाको स्रोतको प्रयोग गर्ने योजनामा छन्। त्यसको एक पाटोको रुपमा पानीलाई लिन सकिन्छ। सन् २००९ मा चन्द्रमाको उत्तरी र दक्षिण ध्रुवमा नासाले पानी फेला पारेको थियो। त्यसलाई हाइड्रोजन र अक्जिनमा परीणत गरी श्वास प्रश्वासको व्यवस्था गर्न सकिन्छ। अनुसन्धानकर्ताहरुले अहिले चन्द्रमाको कहिल्यै पनि घाम नलाग्ने स्थानको विषयमा पनि अनुसन्धान गर्ने तयारीमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ