arrow

सन्दीप फ्लप भए पनि दिल्ली पुग्यो शीर्ष स्थानमा

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
delhi5.jpg

काठमाडौं । नेपाली स्पीन बलर सन्दीप लामिछाने फ्लप भएको दिन उनको क्लब दिल्ली क्यापिटल्सले भने आइपीएल क्रिकेटमा सफलता हासिल गरेको छ । 

रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको आइतबारको खेल दिल्लीले १६ रनले जितेको हो । दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको नोक्सानीमा १८७ रन बनायो । 

कप्तान श्रेयस ऐयर र शिखर धवनले अर्धसतक बनाए । 

जवाफमा बैंगलोरले ७ विकेटको नोक्सानीमा १७१ रन बनायो । पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाए । 

कागिसो रबाडा र अमिता मिश्राले २–२ तथा इशान्त शर्मा, अक्षर पटेल र रुदरफोर्डले १–१ विकेट लिए । सन्दीप लामिछानेले मात्र विकेट लिएनन् । 

सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन दिएका थिए । उनी सबैभन्दा खेलाडी समेत बने । 

यसअघि ५ खेलबाट ८ विकेट लिएका सन्दीपले यो पहिलो खेलमा विकेटविहिन हुन पुगेका हुन् । 

दिल्ली जितपछि १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगसको पनि १६ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ