arrow

नीति तथा कार्यक्रम र प्रिबजेटमा प्रतिपक्षीसंग छलफल हुन्छ – देव गुरुङ

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
dev-gurung_.jpg.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रम र प्रिबजेटमा प्रमुख प्रतिपक्षी दलले पनि सहभागीता जनाउने बताएका छन् । 

बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदै गर्दा गुरुङले नीति तथा कार्यक्रम सरकारले ल्याउने भएकाले त्यसको तयारी गरिराखेको र समृद्ध नेपाल निर्माणको यात्रामा कसरी जाने भन्ने स्पष्ट हुँदै जाने बताए । 

गुरुङले यो वर्ष मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन सरकारले गाइडलाइन बनाउँदै गरेको र सोही अनुसार नीति तथा कार्यक्रम आउने पनि बताए ।  

उनले प्रतिपक्षी दललाई सहभागी गराउने र समेट्ने विषयमा भने, ‘विपक्षीलाई बजेटमा अग्रिम छलफल गराउनेबारे यसपटक पनि छैन क्यार । तर नीति तथा कार्यक्रमपछि प्रि–बजेटमा छलफल हुनेछ ।’ 

उनले काँग्रेसले यसकै विरोध गरिरहेको छ नि भन्ने प्रश्नमा भने, ‘काँग्रेस संसदमा सशक्त भएर प्रतिकार गर्ने अभियानमा छ भने त्यो विपक्षी भूमिकाको निर्वाह गरेको जस्तो लाग्छ ।’ 

अन्तर्यभित्र बहस भए पनि विधि र प्रक्रियाका विषयमा धेरै बहस हुनुपर्छ भन्ने लाग्दैन भन्दै गुरुङले ‘प्रमुख प्रतिपक्षीसंग छलफल नै नगरी ल्याउन लाागिएको भन्ने होइन छलफल गर्ने थलो नै संसद हो ।’ 

उनले बजेट र नीति तथा कार्यक्रमबारे प्रतिपक्षीसंग छलफल हुने दावी गर्दै भने, ‘संसदमा चार–पाँच दिन त नीति तथा कार्यक्रममै छलफल हुन्छ । अनि प्रि–बजेटमा पनि २–४ दिन त पक्कै लाग्छ । यो पनि छलफलकै क्रम हो ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ