arrow

अम्बानी लगायत मतदानमा पुगे बलिउड स्टार

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
salman-khan-kareena-kappor-amitabh.jpg

नयाँदिल्ली ।  भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार  शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ  बिदा दिइएको छ ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् ।  भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीको मतदान केन्द्र पुगी मतदान गरेका छन् ।

बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार,  अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ ।

चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायत कैयौ अभिनेत्रीहरुको बाक्लो उपस्थिति रहै मतदान केन्द्रमा ।  

भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए ।  

 प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गर्नुभएको छ । यी सवै कलाकारले पनि सर्वसाधारणलाई मतदान आफ्नो मताधिकार सुरक्षित गर्न आह्वान गरेका थिए ।

बिहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि सो समयमा नै लामो लाइन भएको समाचारमा जनाइएको छ ।

 यता बलिउड कलकारको मतदान केन्द्रमा बाक्लो उपस्थिति रहेको छ भने, उता सर्वसाधारणको भने मतदान केन्द्रमा  कम मात्र उपस्थिति रहेका समाचारमा जनाइएको छ ।

आम निर्वाचनमा आम जनताको उपस्थिति नै निर्वाचनलाई सफलताको रुपमा लिन सकिन्छ । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ