arrow

जीपी फाउण्डेशन अमेरिका शाखामा नयाँ बर्ष

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
gp-foundation2.jpg

न्युयोर्क । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कमा नेपाली नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख आतिथ्य न्युयार्क राज्यका सेनेटर जोन सि.ल्यु र न्यु योर्क क्विन्स राज्यकी सभापति मेलिन्दा काज्टले गरेका थिए ।  

कार्यक्रमा बिशिष्ठ अतिथीहरू न्यु जर्सी राज्यकी सांसद क्यारोल मर्फि, क्वीन्स राज्यका पूर्व प्रधान न्ययाधीस थोमास राफायाल, न्यु योर्क राज्यकी सांसद क्यतलिना क्रुजको तर्फबाट अफ्सना अक्टर, न्यु जर्सी डेमोक्रेटिक कमिटीका प्रमुख माइकल सि.मुलर, साउथ क्वीन्स कम्युनिटी चर्चका पास्टर ईमानुएल एस्से, फिलिपीनो अमेरिकी समुदायकी वकिल लारा ग्रेगोरी, इन्डियन अमेरिकन समुदायकी डा. पल्लवी पटेल, न्यु योर्क राज्य श्रम बिभागकी मिर्ना भेल्सकोयज,  क्वीन्सब्रो प्रेशिडेन्ट अपिसका कम्युनिटि डाइरेक्टर महोमद ह्याक, चाईनिज अमेरिकन कि रेलस्टेट डायरेक्टर यमि गुस्सिय, अधिकार की डायरेक्टर नर्वदा झेत्री, ईमिग्रेसन लयर एडवार्ड कुसिया लगायतको उपस्थिति थियो ।

साथै पाकिस्तानी- अमेरकन का नेता कादेर सिद्वीक्की तथा अतिथिहरु तामाडं  समाज अमेरिका का संस्थापक अध्यक्ष शुभास लामा,पूर्व सभापति इन्द्र तामाङ, न्यु योर्क च्याप्टरकी सभापति गोमा योन्जन, नेपाली जन सम्पर्क समिति न्यु योर्क च्याप्टरका सभापति रोसन ढुंगाना, एन आर एन अमेरिकाका बोर्ड अफ डाईरेक्टर आडनिमा गेल्जे शेर्पा, नेपालि जनसम्पर्क अमेरिका का सचिब भोजराज थोकर,कलाकारहरू राम श्रेष्ठ ,बिमल डागी,नुच्छे नारायण डंगोल,अनु खड्का, पत्रकार द्वोय मुकुन्द सुबेदी र बि के नेवा, नेपाल आमा समाज अमेरिकाकी अध्यक्ष बिमला गुरुङ कार्यक्रममा सहभागि थिए ।


त्यस्तै नेविसघं अमेरिकाका सभापति प्रभात सापकोटा , फाउण्डेशनका सल्लाहकार मोहनसिंह बिष्ट, ह्यण्ड ईन ह्याण्ड न्यु यार्क युनिभरसिटिको क्लब की अध्यक्ष प्रियंका थापा नेविसघंका पूर्व केन्द्रीय सदस्य अन्जान चौंलागाई, कवियत्री कमला प्रसाई र क्वीन्स लाईन्स क्लवका अध्यक्ष पुरुसोत्तम पन्ती, बङलादेश अमेरिकन तथा मेलिन्दा काज्तकी सहयोगी मोहम्मद रसीद र सामाजिक अभियन्ताहरु रतन लामा, ट्री प्रधान, सोनम घिसिङ लामा, आङ दोर्जे शेर्पाको उपस्थिति थियो।

 फाउण्डेशन का उपसभापति शुवर्नलामा, केन्द्रीय सद्स्यहरु छेमाङ लामा, प्रेम पौडेल, शारदा झेत्री, राम कोईराला, बिमल डागिं, राम श्रेष्ठ हरुको पनि उपस्थिती रहेको थियो। सबै समुदायका बिशिष्ठ व्यक्तित्वहरुले  आ-आफ्नो शुभकामना मनतव्य राखेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता जीपी कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए भने  महासचिव सुरेन सापकोटाले प्रमुख अतिथिद्वयलाई नेपालि टोपी र खादा लगाई स्वागत गरेका थिए। साथै क्वीन्स राज्यकी अध्यक्ष मेलिन्दा काज्तलाई फाउण्डेशनकी कोशाध्यक्ष ब्रेन्दा राई र सहकोशाध्य पुनमराणा मगरले दोसल्ला र खादा ओडाई स्वागत गरेका थिए ।

प्रमुख अतिथि द्वयहरुले शुभकामना मन्तव्य दिदै बिभिन्न कारणले समस्या भोगिरहेका नेपाली समुदायका सदस्यहरुलाई आवश्यकतानुसार सहयोग गर्दै जाने जानकारी समेत गराए।

कार्यक्रमको उदघाटन दुवै राष्ट्रका राष्ट्रीय गान गाएर गरिएको थियो ।  बालकलाकार एन्जेलिना मल्ल, आरोन मल्ल र स्मारिका पाण्डे थिए नेपाली राष्ट्रिय गान गाएका थिए । अमेरिकि राष्ट्रिय गान भने प्राप्ति श्रेष्ठले गाएकी थिईन।

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको संझनामा स्थापित फाउण्डेशनले नेपाल र बिदेशमा समेत आफ्नो शाखा विस्तार गर्दै देशका निम्ति लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा योगदान गर्दै जाने उदेश्य राखेको छ । कार्यक्रम न्युयार्कको बाजेको सेकुवा रेष्टुर्न्टमा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ