arrow

विद्युत प्राधिकरणमा चुनाव : भोट कसलाई र किन हाल्ने ?   

logo
विष्णु खनाल,
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
nea.jpg

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणमा आसन्न ट्रेड युनियनको चुनावको लागि सरगर्मी बढेको छ । खासगरी नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र प्रजातन्त्रबादी  निकट कर्मचारी संघबीच आधिकारिक ट्रेड युनियनको नेतृत्वमा को पुग्ने भन्नेमा रस्साकस्सी शुरु भएको छ । राष्ट्रिय कर्मचारी युनियनमा हाल रामेश्वर पौडेल संयोजक रहेका छन भने  प्रजातन्त्रवादी निकट कर्मचारी संघको अध्यक्ष जर्नादन भट्टराई रहेका छन् । आधिकारिक ट्रेड युनियनको अध्यक्ष समेत रहेका भट्टराईलाई चुनावको मुखमा आएर प्रभावित गर्ने ढंगले प्राधिकरणको प्रशासनिक निकायवाट स्पष्टीकरण समेत सोधिएकोले समयमा नै  चुनाव हुने नहुने अन्योलता पैदा भएको थियो ।

तर, भट्टराईले राजनैतिक आस्था र विचारभन्दा माथि उठेर सक्षम नेतृत्वलाई भोट हाल्नुपर्ने धारणा राख्दै आएका छन । मर्का अन्याय र विरामी परेका कर्मचारीको सरुवा गराउन खोज्दा राजनीतिक दबाब दिएर रोकावट भएकोले, अन्तिम अवस्थामा आफूहरु सरुवाका लागि अडिग हुँदा पनि सम्भव नभएकोमा भट्टराईले क्षमा याचना समेत गरेका छन् ।  

उनले निर्वाचनका सम्बन्धमा आफ्नौ धारणा राख्दै  भनेका छन् 'अबको निर्वाचन भनेको संस्था रहने कि नरहने भन्ने हो । बृत्ति विकास सेवा सुविधाका कुरा त छँदैछन् । तर, संस्था रहन्छ कि रहँदैन भन्ने कुरा यो निर्वाचनले फैसला गर्छ । यो निर्वाचनबाट यस्तो व्यक्ति आधिकारिक ट्रेड युनियनको नेतृत्व गर्दै सञ्चालक समितिमा जानुपर्छ। जसले त्यहाँ  हुनसक्ने गलत कुराहरूको उठान गर्न सकोस् । व्यवस्थापनले ल्याएका प्रस्ताव हुबहु पास गर्न सक्ने र निर्णय  गर्न मद्दत गर्ने ट्रेड युनियनले निर्वाचन जित्नु हुँदैन । यदि, यस्तो भयो भने हाम्रा प्रस्ताव ओझेलमा पर्छन् ।'

अर्को प्रसंगमा भट्टराईले भनेका छन् 'हामीलाई थाहा छ, प्राधिकरण सरकारले प्रदेश र स्थानीय तहमा सुम्पँदैछ । सुम्पने क्रममा सरकारले ल्याएका प्रस्ताव सञ्चालक समितिबाट हु-बहु पास भएभने प्राधिकरण रहँदैन । तपाईं हाम्रो पेन्सन, उपदान र अन्य सुविधाका कुरा ओझेलमा पर्छन् । साथीहरूसँग म विनम्र अनुरोध गर्छु– यस्तो नेतृत्व चयन गर्नुस् जसबाट संस्था रहने र आम कर्मचारीको बृत्ति विकासका पक्ष रहने कुराको ग्यारेन्टी गर्न सकोस् । अहिले शिक्षकहरू वडाध्यक्षकोमा तलब खान जानुपर्ने अवस्था छ । भोलि वितरण तथा ग्राहक सेवा स्थानीय निकायलाई दिएपछि हामीले पनि वडाध्यक्ष र गाउँपालिकाबाट पेन्सन र उपदान लिनुपर्ने र तलबभत्ता त्यहाँ बुझ्न जानुपर्ने अवस्था आउन सक्छ । यसैले, संस्थाको स्थायित्वका लागि डटेर मुकाविला गर्न सक्ने निडर नेतृत्व यस पटकको निर्वाचनमा चुन्नुहोस् । नत्र न प्राधिकरण रहन्छ न तपाईं हामी रहन्छौं ।'

'अब आउने निर्वाचनमा सक्षम, सबल र निडर नेतृत्व चुन्न सकियोस् । यसले नै प्राधिकरण र आम कर्मचारीको भविष्य निर्धारण गर्छ । अन्त्यमा, राजनीतिक विचार र आस्थाबाट प्रेरित भएर होइन संस्था जोगाउन भोट हाल्नुस् । हामी बाहिर सूर्य, रुख वा हलोमा भोट हालौंला के–केमा भोट हाल्ने हो हालौंला तर यो निर्वाचनमा प्राधिकरणभित्र प्रवेश गरिसकेपछि संस्था र आम कर्मचारीको हितमा कर्मचारी संघलाई रोज्नुहुनेछ भन्ने आशा छ ।'  भट्टराईले भनेका छन ।

यता राष्ट्रिय कर्मचारी युनियनका सह संयोजक खग्रेन्द्र शाहीले नुवाकोट लगायत देशभरी कार्यक्रममा उज्यालो अभियानका महानायक कुलमान घिसिंङ्गलाई आफूहरुले २८औं बरियतामा रहेका कर्मचारीलाई लगेर कार्यकारी निर्देशक बनाइएको हवला दिँदै अर्मयादित अभिब्यक्ति दिँदै अएका श्रव्य, दृश्यका सामाग्रीहरु बहिरिएका छन् । तर, राष्ट्रिय कर्मचारी युनियनले स्मार्ट मिटर रिडिंग लगायत का मुद्धा उठाएको बताएका छन् । उनले प्राधिकरणमा ट्रेड यूनियनको नेतृत्व गतिलो नहुँदा कुकुर विरालोको जस्तो बैठकमा झगडा भैरहने र नेतृत्वको अनुहार समेत हेर्न मन नलाग्ने अबस्था श्रृजना भएको अरोप लगाएका छन् । त्यसैगरी शाहीले कर्मचारीहरु साँढेको जुँधाई र बाच्छाहरुको मिचाईमा परेको आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ