arrow

श्रीमतीको कुरा नसुन्न ६२ वर्षसम्म कान नसुन्ने र बोल्न नसक्ने बनेर बसे यी व्यक्ति

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
barry_dawson.jpg

काठमाडौं । धेरै मानिसहरुले आफ्नी श्रीमतीसँग विभिन्न विषयमा झगडा परेको भन्ने कुरा सुन्नमा पाइन्छ । यस किसिमको झगडाबाट बच्न मानिसहरुले विभिन्न किसिमका उपायहरुको प्रयोग गरिरहेका हुन्छन् ।

अमेरिकाका एक व्यक्तिले भने अनौठो तरिका अपनाएका छन् । अमेरिकाका ८४ वर्षीय बेरी डावसनले आफ्नो श्रीमती डोरोथीको बोली सुन्न नपरोस् भन्नका लागि ६२ वर्षसम्म कान नसुन्ने र बोल्न नसक्ने मानिसले अभिनय गर्दै आएको खुलेको छ ।

एक समाचारको कटिङअनुसार उनको कान नसुन्ने र बोल्न नसक्ने अभिनयको कारण श्रीमतीले दुई वर्ष लगाएर सांकेतिक भाषा सिकेकी थिइन् । तर, अझै पनि श्रीमान्लाई यो भाषा आउँदैन । उनी सधैं घरमा हुँदा बोल्न नसक्ने र नसुन्ने अभिनय गर्थे । तर, एकदिन युट्युब भिडियो हेर्दा श्रीमतीले उनलाई एक मिटिङमा कुरा गर्दै गरेको देखेकी थिइन् । त्यसपछि उनले अभिनय गर्दै आएको कुरा खुलेको थियो ।

डावसनकी श्रीमतीले सो कुरालाई लिएर  अदालतमा गइन् । अदालतमा उनका वकिलले बहस गर्दै यदि उनले यो उपाय नअपनाएको भए उनीहरुको ६० वर्षअघि नै डिभोर्स भइसक्ने उल्लेख गरेका छन् । डोरोथीले अदालतसँग धोका दिएर 'भावनात्मक तनाव र बोझ' को लागि जरीवनाको माग गरेकी छन् ।

अहिले सामाजिक सञ्जालमा उनीहरुको समाचार भाइरल भइरहेको छ ।  यसलाई महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले पनि यो समाचारको कटिङ राखेर उक्त व्यक्तिलाई नोबेल पुरस्कार पाउनुपर्ने भन्दै ट्वीट गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ