arrow

‘समृद्ध नेपालका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त’

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
oli-opning.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, सभ्य र समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त भएको बताएका छन् । ‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री मुलुक तीव्रगतिका साथ विकासमा अघि बढिरहेको जनाउँदै मुलुक डिजिटल नेपालको आधार तय गरिने उल्लेख गरे ।

उनले सामाजिक सञ्जालमा देखिने विकृतिबाट होसियार हुँदै त्यसलाई नियमितता दिने पक्षमा सरकार रहेको जनाउँदै भने, “पहिला पहिला सूचना प्रविधिको माध्यम नहुँदा आगो भर्भराउँदा वा काग कराउँदा कुनै सूचना वा सङ्केत मानिने प्रचलन थियो । अहिले हामी डिजिटल नेपालमा प्रवेश गरेका छौँ । हामी इन्टरनेटलाई व्यापक बनाउन खोजिरहेका छौँ र सञ्चारमा आज जनताको पहुँच र सबैका लागि प्रविधि र सुविधा दिनेछौँ ।”

उनले सबैतिर इन्टरनेट पुर्‍याउन अप्टिकल फाइबटर बिछ्याएर सूचनाको महामार्ग तयार भइरहेको र यी आवश्यकताका विषय भएकाले  यसमा कमिशन खाने वा कर लाद्ने सोच कसैले राख्नु हुँदैन  भने । “जति पूर्वाधार र प्रविधिमा विकास र प्रयोग भयो । कम लागत, बढी आम्दानी गर्न सके तीव्र विकास हुन्छ । भेरी बबइ बहुद्देश्यीय आयोजनामा चलाइएको टनेल बोरिङ मेसिन प्रविधिको प्रयोगबाट तोकिएको समयअगावै सुरुङ खन्ने काम पूरा भएको छ । हामी समृद्ध नेपालको आङ्क्षा पूरा गर्न यसरी नै नयाँ–नयाँ काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्षसम्म यस क्षेत्रमा आम जनता, निजी क्षेत्र र सरकार मिलेर फड्को मार्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आगामी पन्ध्रौँ योजनाको अवधिमा डिजिटल नेपालको रणनीतिलाई पूर्ण कार्यान्वयन गरिने बताए । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले लिएको उच्च आर्थिक वृद्धि र सुशासनको लक्ष्य पूर्तिका लागि डिजिटल नेपाल अभियान प्रभावकारी हुने बताउँदै सरकारले चाँडै डिजिटल नेपालको ढाँचालाई स्वीकृत गरी कार्यान्वयन गर्ने जानकारी दिए।

दिवसका अवसरमा यस सूचना प्रविधिका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी र निजी क्षेत्रका चार व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गरिएको थियो । प्रति संस्था रु ५० हजारको सो पुरस्कृत हुनेमा नेपाल प्रहरी, पाइला टेक्नोलोजी प्रालि, वल्र्डलिङ्क प्रालि र ई सुरेशकुमार कर्ण छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ