arrow

तपस्या गर्दा बुझ्नै पर्ने चार कुरा

धन, समय, विचार र इन्द्रियहरुको संयम

logo
अध्यात्म,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
rsi-patanjali.jpg

काठमाडौं । तपस्या जीवनको लागि अति आवश्यक छ । मनुष्यको जीवन नै तप हो । सूर्य आफै बलेर नै प्रकाश र ऊर्जाको वर्षा गर्छ । पानी तातेपछि  बाफ बन्छ र ठुला-ठुला इन्जिन र मेशिनहरुलाई चलाउछ । फलाम तातेपछि स्टील बनाउन सकिन्छ । तपको बलमा नै  सृष्टि चलिरहेको छ । सृष्टिकर्ता ब्रह्माले तप गरेपछि ने सृष्टि रचना गर्न सकेका थिए ।

धन कमाउन सबैले जानेका हुन्छन्  । तर खर्च गर्न जान्दैनन् । एक भिखारीले पनि धेर थोर धन कमाएको हुन्छ । धेरै मानिसहरु मर्नु अघि पटुकामा पैसा बाधेर मर्छन्  । केहि मेहनत गरेर कमाउछन् भने केहि नगरि सजिलै कमाउछन् । तर त्यो धनको सदुपयोग गर्न कमैले जन्दछन् । खराब कामहरुबाट बच्न नै अर्थ संयम आवश्यक हुन्छ ।

हरेक व्यक्तिले समयलाई विभाजन गरेर काम गर्नुपर्छ । तपस्याको यो मूल सिद्धांत हो । आचार्य बिनोवा भावेले समयको मूल्य चिने, एक-एक क्षणको सदुपयोग गरेर उनि १४ भाषाहरुको ज्ञाता बने। उनि एक मिनट पनि बर्बाद गर्दैन थिए । जति महापुरुष भए ती सबैले आफ्नो जिन्दगीलाई  समयसँग नियन्त्रित गरे। भनिन्छ रावणले काललाई आफ्नो बशमा पारेका थिए । तब उनले सुनको लंका बसाए । 

भगवानले सबैको लागि समान २४ घण्टा दिएका छन् ।  एक-एक क्षणलाई सहि रुपमा उपयोग गर्नुपर्छ । विचार शक्ति सबैभन्दा ठुलो शक्ति हो । वेदमा भनिएको छ ‘जो जस्तो सोच्छ र कर्म गर्छ , उ त्यस्तै बन्छ । जो महान बन्ने विचार गर्छ, उ एक दिन महान बन्ने नै छ । जब विचार दृढ हुनेछ तब त्यसका लागि प्रयास पनि हुनेछ र अघि त्यो उपलब्धि पनि हुनेछ । जसको विचार नै निकृष्ट छ उसको प्रयास पनि त्यहि दिशामा हुनेछ र त्यसको फल पनि निकृष्ट नै हुनेछ ।

हाम्रो पाँच इन्द्रियहरु ईश्वरको अनमोल वरदान हुन् । यसले हामीलाई हरेक प्रकारको सहयोग गर्छन् र सबैभन्दा असल मित्र समान छन् । साथै यी चंचल पनि छन‍् र असंयमित भए हाम्रो घोर शत्रु समान बन्छन् । स्वाद र दृष्टि इन्द्रिय सबैभन्दा चंचल हुन्छन्। यसले हाम्रो स्वास्थ्य र चरित्रलाई भ्रष्ट गर्ने मूल कारण बन्छ । आफ्नो इन्द्रियहरु माथि संयम राख्नाले नै हाम्री भित्र सुतेका क्षमताहरु जागृत हुन्छन् ।

यी चार तप चार खम्बा जस्ता हुन् । यसैको आधारमा आत्म विकासको भवन खडा हुन्छ । यदि यी खम्बा नै कमजोर भए भवन धराशायी बन्नेछ । यस प्रकारको तप गर्नको लागि समयको कमि हुदैन । यदि सहि रुपमा यी चार तप गरिए हाम्रो फालतू समय बचत हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ