arrow

सनी देवलसँग ५० करोडभन्दा बढीको ऋण

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
sunny-modi.jpg

काठमाडौं । धेरै बलिउड स्टारजस्तै सनी देवल पनि राजनीतिमा सामेल भएका छन् । उनले सोमवार पञ्जाबको गुरदासपुरबाट सिटको लागि नामाङ्कन दिएका छन् । उनले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)बाट निर्वाचनमा भाग लिन लागेका हुन् । नामांकनको कारण सनी देवलको सम्पत्ति र वास्तविक नामको पनि खुलासा भएको छ ।

नामांकनको क्रममा देवलसँग समग्रमा ८७ करोड १८ लाख भारतीय रुपैयाँको सम्पत्ति रहेको खुलेको छ । उनको नाम सनी देवल नभई अजय सिंह देवल रहेको खुलेको छ । उनीमाथि करीब ५१ करोड ७९ लाख भारु ऋण छ । उनीसँग ६० करोड भारु चल सम्पत्ति र २१ करोडको अचल सम्पत्ति छ ।

नामांकन दर्ता गराउने क्रममा सनी देवलको साथमा उनका भाइ बबी देवल पनि सँगै पुगेका थिए । पञ्जाबका भाजपा प्रमुख पनि सो क्रममा पुगेका थिए । यसअघि आइतवार सनी देवलले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । यो क्षेत्रमा सनी देवलले कांग्रेसका पञ्जाबका अध्यक्ष तथा गुरदासपुरका सांसद सुनील जाखडसँग हुनेछ ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै  अभिनेता देवल भाजपा प्रवेश गरेका हुन् । यसभन्दा पहिले भाजपाका बरिष्ठ नेताहरुको कयौ पटक सनी देवलसँग कुराकानी भएको थियो  । सो समय सनी तत्काल राजनीतिमा आउन तयार भएका थिएनन् । त्यसपछि अमित शाह उनलाई मनाउन पुगेका थिए।

यो पनि पढ्नुहोस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ