arrow

प्रेस स्वतन्त्रता हननका ६० घटना, अबको वर्ष पत्रकारका लागि सुखद् बनाउने मन्त्रीको आश्वासन 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
preess-freedom.jpg

काठमाडौं । अघिल्लो वर्ष २०७५ मा कूल ६० वटा प्रेस स्वतन्त्रता हनन् सम्बन्धी घटनाहरु घटेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले जारी गरेको एक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल सरकार, निर्वाचन आयोग नेपाल, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समिति, युरोपियन युनियन र युएनडीपी लगायतको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न प्रदेशका पत्रकार महासंघका पदाधिकारीहरु, प्रेस स्वतन्त्रताका सेनानीहरु समेतको सहभागिताको उपलक्ष्यमा मिडियाका समस्याहरुको विषयमा छलफल भएको छ । विभिन्न ६ खण्डमा विभाजित सो कार्यक्रममा शान्ति र प्रजातन्त्रमा मिडियाको भूमिका, आम सञ्चार माध्यम मार्फत मतदाता शिक्षा, सामाजिक सञ्चालको नीति र अभ्यास, डिजिटल मिडिया र मिडिया नीतिको विषयमा समेत छलफल भएको छ । 

कार्यक्रममा प्रेस स्वतन्त्रता हनन सम्बन्धी दुई वटा प्रतिवेदनहरु समेत सार्वजनिक भएको छ । एउटा अन्तराष्ट्रिय पत्रकार महासंघले दक्षिण एशियामा पत्रकारहरुको स्वतन्त्रता हनन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ भने अर्को पत्रकार महासंघले २०७५ साल भरी प्रेस स्वतन्त्रता हनन् सम्बन्धी घटनाहरुको बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । महासंघको प्रतिवेदन अनुसार यो वर्ष भरीमा कूल ६० वटा प्रेस स्वतन्त्रता हनन् सम्बन्धी घटनाहरु सार्वजनिक भएको छ । 

अर्काे तर्फ कार्यक्रममा प्रेस स्वतन्त्रताको लागि योगदान पु¥याएको भन्दै विभिन्न ३ जना प्रेस स्वतन्त्रताका सेनानीहरुलाई सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, रेडियोको माध्यमबाट स्वतन्त्रतामा योगदान पु¥याएका गोपाल गुरागाईँ र संगीता लामा रहेका छन्। 

सञ्चारमन्त्रीको प्रतिवद्धता : प्रेस सम्बन्धी ऐनहरु मूल कानून भन्दा बाहिर जाँदैन 
कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले सरकार प्रेस सम्बन्धी कानून निर्माणमा मूल कानून भन्दा बाहिर नजाने भन्दै संविधानले दिएको सीमा भित्रै रहेर पत्रकार मैत्री कानून निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अहिले प्रेससँग सम्बन्धित विभिन्न कानूनहरु बन्ने चरणमा छ । तर, यसको लागि सरोकारवाला निकायहरुलाई छलफलमा समेत बोलाईएको छैन । 

कार्यक्रममा प्रेस स्वतन्त्रता सम्बन्धी घटनाहरु वर्षेनी ५ दर्जनभन्दा बढी हुने गरेकोमा चिन्ता व्यक्त गर्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सरकारले कानून बनाउने बेलामा सरोकारवाला निकायहरुलाई समेत राखेर प्रेस मैत्री कानून बनाउनु पर्नेमा जोड दिएका थिए । त्यसको प्रतिउत्तरमा मन्त्री बाँस्कोटाले अब लोकतन्त्र र प्रेस स्वतन्त्रता सम्बन्धमा चिन्ता लिनुपर्ने अवस्था नै नरहेको भन्दै अब बन्ने प्रेस सम्बन्धी कानूनहरु मूल कानून भन्दा बाहिर नहुने गरी बनाउनु पर्नेमा समेत जोड दिएका थिए । 

त्यस्तै मन्त्री बाँस्कोटाले आफूले एउटा बोल्ने तर, मिडियामा अर्को आउने गरेकोप्रति पनि दुख व्यक्त गरेका छन् । अहिले कम्युनिष्ट सत्ता आयो भनेर आरोप लगाईएको प्रति उनले आफूहरुले कुनै सत्ता हत्याएर र अपधस्त गरेर सरकार बनाएको नभई जनताको मत लिएर प्रजातान्त्रिक विधिबाट बनाएको सरकार भएकोले कम्युनिष्ट सत्ता भनेर गरिएको टिप्पणीप्रति पनि उनले आपत्ति जनाएका छन् । उनले अबको आउने वर्ष पत्रकारहरुको लागि सबैभन्दा सुरक्षित वर्ष हुने भन्ने दाबी पनि बाँस्कोटाले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ