arrow

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
presedent-parliament.jpg

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रमहरु संसदमा पेश भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रमहरु संसदमा पेश गरेकी हुन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति भण्डारीले आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने बताएकी छिन् । चालू आर्थिक वर्ष समेत विकासको लागि महत्वपूर्ण भएको भन्दै आगामी वर्ष झनै तीब्र रुपमा विकासले गति लिने बताईएको छ । 

मुलुकमा सबै किसिमको विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको भन्दै अब सरकार मुलुकको विकास तर्फ केन्द्रीत रहेको बताएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ