arrow

नीति तथा कार्यक्रम : आगामी वर्ष सुन, पेट्रोल र युरेनियमको खानी सञ्चालनमा ल्याईने 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार

काठमाडौं सरकारले आगामी वर्ष विभिन्न खनिज तथा पेट्रोलियम पदार्थको उत्पादन सुरु गर्ने उल्लेख गरेको छ । आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि विभिन्न खनिज तथा पेट्रोलियम खानीहरुको अध्ययन र उत्खनन् कार्य सुरु गर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले नवलपरासीको द्यौवादीमा रहेको फलाम खानी आगामी आर्थिक वर्षदेखि व्यवसायिक रुपमा उत्पादन सुरु गर्ने बताईन् । त्यस्तै, दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमुल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम खानी समेत आगामी वर्ष नै अध्ययन गरी सञ्चालनमा ल्याईने जानकारी दिईन् । उनले मुस्ताङको युरेनियम खानी सञ्चालनमा ल्याउने र सम्भावना रहेको ठाउँमा उत्खनन् गरी सुनखानी समेत उत्खनन्मा ल्याउने सरकारी योजना समेत सुनाईन् । 

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा आर्थिक क्षेत्रको विकास गर्ने उल्लेख पनि गरेको छ । भण्डारीले आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने बताएकी छिन् । चालू आर्थिक वर्ष समेत विकासको लागि महत्वपूर्ण भएको भन्दै आगामी वर्ष झनै तीब्र रुपमा विकासले गति लिने बताईएको छ । मुलुकमा सबै किसिमको विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको भन्दै अब सरकार मुलुकको विकास तर्फ केन्द्रीत रहेको बताएकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ