arrow

१ वर्षमा सबै जिल्लाको मुकाम राष्ट्रिय सडक सञ्जालमा, ४ वर्षमा स्थानीय तहको केन्द्रसम्म कालोपत्रे 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार

काठमाडौं । सरकारले अबको एक वर्ष भित्र सबै जिल्ला सदरमुकामहरुलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत् सरकारले यस्तो योजना पेश गरेको हो । 

राष्ट्रपति भण्डारीले अब सरकारले बनाउने सबै सडक कम्तिमा दुई लेनको हुने बताईन् । उनले राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेका हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा सडक सञ्जाल पु¥याएर आगामी वर्ष भित्र सबै जिल्लाहरु केन्द्रीय सडक सञ्जालमा जोड्ने बताईन् । आगामी वर्ष हुम्ला र डोल्पामा पनि सडक पुर¥याउने र अबको ४ वर्ष भित्र सम्पूर्ण केन्द्रसम्म कालोपत्रे सहितको सडकले जोडिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा आर्थिक क्षेत्रको विकास गर्ने उल्लेख पनि गरेको छ । भण्डारीले आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने बताएकी छिन् । चालू आर्थिक वर्ष समेत विकासको लागि महत्वपूर्ण भएको भन्दै आगामी वर्ष झनै तीब्र रुपमा विकासले गति लिने बताईएको छ । मुलुकमा सबै किसिमको विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको भन्दै अब सरकार मुलुकको विकास तर्फ केन्द्रीत रहेको बताएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ