arrow

२५ रुपैयाँमा रत्नपार्कमा वाइफाइ

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
Wifi-Hotspots.gif.gif
काठमाडौँ। काठमाडौँको रत्नपार्कमा शुक्रबारदेखि वाइफाइ सेवा सुरु भएको छ। २५ रुपैयाँ तिरेर रत्नपार्कभित्र छिर्ने छात्रछात्राले वाइफाइ प्रयोग गर्नसक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। दुई मेगावाट क्षमता भएको छ वटा इन्टरनेट प्वाइन्टबाट उपलब्ध हुने वाइफाइ सेवा एकैपटक २४० विद्यार्थीले उपभोग गर्न सक्नेछन् ।
 
सो वाइफाइको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले काठमाडौँ उपत्यकालाई नै वाइफाइ जोनका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
 
सूचना र प्रविधिको विकासले विश्वलाई नै गाउँमा परिणत गरेका बेला नेपालले प्रविधिको अधिकतम उपयोग र विकास गरी गाउँसम्म पुर्‍याउनु पर्ने धारणा राख्नु भयो ।
 
काठमाडौँ नगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले काठमाडौँका जनतालाई प्रविधिको स्वाद उपलब्ध गराउन पाइला चालेको बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ